सहरी फोहोरलाई एक करोड अमेरीकी डलर

454
views

सीताराम थापा । संयुक्त अरब इमिरेटेसले नेपालमा सहरी फोहोरबाट आधुनिक उर्जा उत्पादन गर्न करिब एक करोड अमेरिकी डलर अथवा एक अर्ब १४ करोड नेपाली रुपैयाँ बराबरको सहुलियत पूर्ण कर्जा दिने घोषणा भएको छ ।

युएइको राजधानी अबुधावीमा जारी विश्व नवीकरणीय उर्जा संघको वार्षिक साधारण सभाको अवसरमा यूईले उक्त रकम नेपाललाई ऋण दिने घोषणा गरेको नेपाली सहभागिले जनाएका छन । उल्लेखित साधारणसभामा भाग लिन नेपालबाट उर्जा, तथा जलश्रोत मन्त्रीको टोलि वर्षमान पुन अबुधावी पुगेका हुन ।

उक्त रकम स्वीकार्दै मन्त्री पुनले विभिन्न ६९ वटा नगरपालिकामा फोहोर बाट ठूला बायोग्यास आयोजना सञ्चालन र प्रांगारिक मल उत्पादन गरिने बताएका छन । उक्त सहयोगको लागि विभिन्न मुलुकबाट प्रतिष्पर्धा भएको जनाईएको छ ।