६ मुस्लिम बाहुल्य राष्ट्रले कतारसँग सम्बन्ध तोडे, ४८ घण्टाभित्र देश छोड्न आदेश

668
views

एजेन्सी । मुस्लिमका ६ बाहुल्य राष्ट्रहरुले कतारसँगको कूटनीतिक सम्बन्ध तोडिदिएका छन् । साउदी बहराइन, यमन, अरेबिया, संयुक्त अरब एमिरेट्स, लिबिया र इजिप्टले आतंकवादलाई प्रश्रय दिइरहेको आरोप लगाउँदै कतारसँगको सम्बन्ध अन्त्य भएको घोषणा गरेको बीबीसीले जनाएको छ ।
उनीहरुले अलकायदा समूहसँग मिलेर कतारले आतंक मच्चाउन खोजेको आरोप लगाएका छन् । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ६ राष्ट्रले कतारसँग आफ्ना सबै सीमा, सामुद्रिक तथा हवाइ सम्पर्क समेत विच्छेद गरेको उल्लेख गरेको छ । यस्तै संयुक्त अरब इमिरेट्सले कतारका कुटनीतिक प्रतिनिधिलाई ४८ घण्टाभित्र देश छोड्न आदेश दिएको छ । यस्तै उसले कतार जाने आफ्नै सबै एयरलाइन्सलाई स्थगित गरिदिएका छन् । यस्तै अरबले एउटा गोप्य मुद्दामा कतारले सम्प्रभूतामाथि नै खलल र्पुयाएको गम्भीर आरोप लगाएको छ भने मिश्रको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने प्रयास गरेको बताइएको छ ।