सुपर कपको उपाधि रियल मड्रिडले जित्यो

520
views

पौष, २८, गते । स्पेनिस सुपर कप कपको उपाधि रियल मड्रिडले जितेको छ । साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्ट सिटीमा भएको खेलमा एथ्लेटिको मड्रिडलाई हराउँदै रियलले उपाधि हात पारेको हो ।

निर्धारित समयमा समयमा गोल हुन सकेन। त्यसपछि थप गरिएको समयमा पनि गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटबाट ४–१ को जित निकाल्दै रियल मड्रिडले स्पेनिस सुपरकपको उपाधि हात पारेको हो ।

खेलको अतिरिक्त समयमा फेडेरिको भालभर्डेले मोराटालाई फउल गरेपछि रातो कार्ड खाँदै बाहिरिँदा रियल १० खेलाडीमा सीमित भएको थियो । पेनाल्टी सुटआउटमा एथ्लेटिकोका केइरन ट्रिपिरले गोल गर्दा सउल निग्युज र थोमस पार्टे चुकेका थिए ।

अर्कोतर्फ रियलका डानी कार्भाजल, रोड्रिगो, लुका मोड्रिच र सर्जियो रामोसले पेनाल्टी गोल गरेका थिए । एथ्लेटिको मड्रिड बार्सिलोनालाई हराउँदै फाइनल प्रवेश गरेको थियो भने रियल मड्रिड भ्यालेन्सियालाई हराउँदै फाइनल प्रवेश गरेको थियो ।