सगरमाथा आहोरणका लागि दृष्टीविहिनलाई सहयोग

829
views

निर्मल पौडेल
पर्वत, २८, पौष । पर्वतका सफल उद्दमी तथा युवा व्यवसायी विप्लव हमालले वाग्लुङको जैमिनी नगरपालिकाका दृष्टिविहिन अमिट केसीलाई आर्थिक सहयोग गरेका छन् । दृष्टिविहिन भएर पनि सगरमाथा आहोरण गर्ने अठोट गरेका केसी लाई हमालले रु १० हजार आर्थिक सहयोग गरेका हुन् । २९८ औँ पृथ्वी जयन्तीको शुभअवसरमा साहासिक कार्यका लागि अग्रसर देखीएका केसी लाई उनको सहासिक कार्यको सम्मान स्वरुप उक्त रकम हस्तान्तरण गरेको वताए ।

रोटरी क्लव अफ पर्वतका पुर्व अध्यक्ष,उद्दोग वाणिज्य संघ पर्वतका सल्लाहकार तथा शिव माध्यमिक विधालय व्यवस्थापन समितीका अध्यक्ष समेत रहेका हमालले सपाङ्गता भएका व्याक्तिहरु जो कोहीले गर्न नसक्ने कार्य अपाङ्गता भएका तथा दृष्टी गुमाएकाहरुले गर्न सक्ने आँट र सहास लाई सम्मान गर्नकै लागि केसी लाई वोलाएर रहम हस्तान्त्रण गरेको वताए ।

केसीको सगरमाथा आहोरणमा साथ र सहयोग गर्न सवैलाई आग्रह गर्दै हमालले आँफुले गरेको सहयोग सानो भएपनी केसीलाई ठुलो मद्दत पुग्ने विश्वास व्यक्त गरेको नवदृष्टी लाई वताए । रकम वुझ्दै दृष्टीविहिन केसीले हमाल लाई धन्यवाद दिँदै उक्त रकम आँफुले सगरमाथा आहोरण गर्नेवेला पर्ने आवश्यक खर्चमा खर्चिने वताए । त्यस्तै उनले छिट्टै सगरमाथाको शिखरमा पाईला टेकेर फर्किने विश्वास समेत दिलाए ।