विप्लव छाड्दै कार्यकर्ताः पश्चिम दाङ सेक्रेटरी पक्राउ

1193
views

दाङ, २८, पौष । प्रतिवन्धित विप्वल नेतृत्वको नेकपाका पश्चिम दाङ सक्रेटरी ईश्वरी पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला कमिटी सदस्य तथा पश्चिम दाङका सक्रेटरी रहेका पाण्डेलाई तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ शिवपुर गहतेवाट प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङवाट साधा पोशाकमा खटिएका प्रहरीले पाण्डेलाई पक्राउ गरेको थिए ।

प्रहरीका अनुसार असोज महिनामा राजपुर गाउँपालिकावाट २१ जना नेता कार्यकर्ता पक्राउ परेपछि पाण्डेले जिल्लामा विप्लवको गतिविधि सञ्चालन गर्ने उनी नै एक्ला नेता थिए ।

‘पाण्डेले व्यापारी तथा विभिन्न संघ संस्थालाई थर्काउँदै चन्दा आतंक फैलाएको भन्ने गुनासो बढेपछि पक्राउ गर्नु परेको हो,’ एक प्रहरी अधिकारीले भने ।

यसैबीच विप्वलका एकजना नेताले एम्वुलेन्समा झुक्काएर गएको प्रहरीले पाण्डेलाई पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन् । पाण्डे पक्राउ परेकोबारे प्रहरीले आधिकारीक जानकारी दिएको छैन ।

विप्लव छोडेको घोषणा
घोराही उपमहानगरपालिका वडा नं. ११ निवासी भिमबहादुर विकलेस्वतन्त्र जीवनयापन गर्ने चाहाना व्यक्त गरेका छन् । विप्लव नेतृत्वको नेकपाको दलित मुक्ति मोर्चामा रहेर काम गर्दैै आएका भनिएका विकले पछिल्लो समय पार्टीले बमविष्फोट, हत्या हिंसा जस्ता गलत वाटो अंगाल्न थालेको हुँदा चित्त नबुझेर पार्टी परित्याग गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका एक प्रहरी अधिकारीले जारी गरेको विकको बक्तव्यमा अवदेखि स्वतन्त्र नागरिक भएर जीवन यापन गर्ने चाहाना पनि व्यक्त गरेको कुरा उल्लेख गरिएको छ ।