मासु किन्दा प्रतिकेजीमा ३० रुपैयाँ छुट

649
views

गिता राना मगर
पोखरा २९, पौष । दशौ संस्करणको पोखरा महोत्सवको हरेक टिकटबाट पोखरा मिट मार्ट प्रालिमा कुनैपनि मासु किन्दा प्रतिकेजी ३० रुपैया छुट पाइने भएको छ । यसको ब्यवस्था पोखरा महोत्सव आयोजक युनाईटेड क्लवले महोत्सव प्रायोजक पोखरा मिट मार्ट प्रा. लि. संगको सहकार्यमा गर्ने भएको हो ।

पोखराको लेकसाईडमा विगत ८ वर्षदेखी सञ्चालन भइ हाल पोखराको अमरसिंह चोकमा सञ्चालित पोखरा मिट मार्ट प्रालिको शाखाबाट महोत्सवमा आउने दर्शकले मिट मार्टमा आफुले काटेको टिकटको अर्धकट्टी लैजानुपर्ने दशौ पोखरा महोत्सव ब्यानर ब्यवस्थापन उपसमिति संयोजक पूर्ण श्रेष्ठले जानकारी दिए ।

युनाईटेड क्लवको आयोजनामा पुसको २९ गते मंगलवार देखी माघ १२ गते सम्म सञ्चालन हुने पोखरा महोत्सवको प्रत्येक टिकटको अर्धकट्टी लगेको खण्डमा पोखराको अमरसिंह चोक र लेकसाइडमा रहेको मिट मार्टमा उपलब्ध विभिन्न प्रकारको मासुको खरिदमा एउटा टिकटबाट एक केजी मासु किन्दा ३० रुपैया छुट दिने पोखरा मिट मार्टका सञ्चालक चिन बहादुर गुरुङले वताए ।

युनाईटेड क्लवले स्थापना कालदेखीनै पोखरा महोत्सवको आयोजना गरी सामाजिक काम संगै पोखरामा चिडियाखाना निर्माणमा समेत योगदान दिएकाले आफ्नो ब्यवशायबाट समेत केही सामाजिक काममा सहभागीता जनाउनका लागी आफुले महोत्सव अवधिभर छुटको योजना ल्याएको गुरुङको भनाइ रहेको थियो ।

गुरुङका अनुसार उक्त स्किम पोखरा महोत्सव अवधि पुष २९ देखी माघ १२ गते सम्म लागु हुनेछ । पोखरा मिट मार्ट पोखराको लेकसाईडमा विगत ८ वर्षदेखी सञ्चालनमा आएको र अमरसिंह चोकमा विगत १ महिनादेखी सञ्चालनमा आएको हो । पोखरा मिट मार्टमा खसी, कुखुरा, बंगुर, भैसीका मासु सहित माछा र मासुजन्य वस्तुहरु उपलब्ध रहेको छ ।