ऐतिहांसिक मेलाहरु एकैसाथ आरम्भ

877
views

सीताराम थापा
बाग्लुङ । परापुर्वदेखि माघे संक्रान्तिको अवसरमा हुँदै आएको जैमिनीघाट मेला, जैमिनी नगर कुश्मिशेरा र सिमसिम युवा क्लब कांठेखोलाले एकै साथ मेलाको शुभाम्भ गरेका छन् ।

मेलाको उद्घाटन गर्दै नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले सामाजिक संस्था तथा क्लवहरु पारदर्शिता र जवाफदेहीता हुनुपर्ने बताए । जैमिनी नगरपालिका–२ सहारा खेल मैदानमा ऐतिहासिक जैमिनी मेलाको उद्घाटन पश्चात नगर प्रमुख पौडेलले सम्बोधन गरेका हुन ।

सो अवसरमा समाज परिवर्तनमा सामाजिक निकायको महत्वपुर्ण भुमिका हुने हुंदा समृद्ध र सुखि नगर बनाउन सबैले अहम् भूमिका खेल्नुपर्ने जैमिनी नगर प्रमेख ईन्द्रलाल पौडेलको भनाई थियो ।

ऐतिहासिक जैमिनिघाट मेलाको लागि नगर स्वयंले विशेष सहयोग गरि आयोजना गरेको पनि पौडेलले जानकारी दिए ।

सहारा क्लव जैमिनी–१ कुश्मिसेराको आयोजना र जैमिनी नगरपालिकाको सहयोगमा आयोजित मेलामा स्थानिय उत्पादित उपभोग्य वस्तुको प्रर्वद्धन र कांठेखोलाले पृथक भुगोलको सम्भावनाको लागि मेला आयोजना गरेको आयोजकले जनाएको छ ।

उता काठेखोलामा समाजसेवी नर बहादुर थापाले युवाको सृजना र रचनात्मक भूमिकाको लागि मेलाले योगदान गर्ने खुलासा गरे । जैैमिनी कुश्मिसेरामा भने मेला अगामी बाजागाजा सहित आयोजक नगरपालिका र स्थानिय नागरिकले बजार परिक्रमा गरेको थियो ।

आखिर जे नारा तय भएता पनि मेलामा वडा स्तरीय खेलकुद तथा साँस्कृतिक कार्यक्रम, झाँकी, रमाइलो मेला, बाल उद्यान, कृषि तथा अन्य प्रर्दशनीहरु रहने छन् ।