सार्वजनिक बसमा हस्तमैथुन गरेको भिडियो पैसा कमाउनका लागि बनाएको खुलासा

868
views

काठमाडौं, २९, पौष । एकबर्ष अघि सार्वजनिक बसमा एक महिलाको कपालमा विर्य स्खलन गरेको भिडियो बनाइ भाइरल बनाउने युवकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुर घर भएर काठमाडौं बस्ने रविन सार्की भनिने रविन रुचाल रहेको प्रहरीले जनाएको छ ।

रुचालले २०७५ माघमा उक्त भिडियो रुचाल आफैंले पोर्न साईट र सोशल मिडियामा राखेर भाइरल बनाएका थिए । भिडियो भने साउनमै खिचिएको थियो । घटनाबारे जानकारी दिन महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार पत्रकार सम्मेलन गरेको थियो ।

पक्राउ परेका रविनले प्रहरी बयानमा पैसा कमाउनकै लागि आफूले बसभित्र उक्त हर्कत गरेको खुलाएका छन् । प्रहरी अनुसन्धानमा रविन काठमाडौंको बानेश्वरमा रिक्सा चालकको काम गर्दै आएका थिए ।