व्यावसायसंगै सामाजिक काममा खतिवडाको योगदान

530
views

गिता राना मगर
पोखरा, २, माघ । व्यावसाय गरेर बचेको रकमलाई समाजसेवामा लगाउने उद्देश्यले धादिङ जन्मथलो भइ पोखरामा व्यावसाय गर्दै आएका समाजसेवी युवराज खतिवडाले आफ्नो जन्मथलो निलकण्ठ नगरपालिका–५ फ्याक्से गाउँमा नगद तीनलाख बरावरको सहयोग गरेका छन ।

व्यावसाय मात्र नभई सामाजिक काममा समेत योगदानसंगै ग्रामीण भेगका किसान तथा ग्रामीण संस्कृति जोगाउने युवाहरुलाई प्रोत्साहन गर्नुपर्छ भन्ने उद्देश्यले खतिवडाले जन्मथलो निलकण्ठ नगरपालिका–५ फ्याक्सेमा रहेको चमेरे गुफा संरक्षण समाजलाई एकलाख एकहजार नगद सहयोग गरेका हुन ।

गुफा संरक्षण समाजसंगै खतिवडाले फ्याक्से गाउँमा रहेको पञ्चकन्या मा. वि. लाई एकथान कम्प्युटर र दुई थान ल्यापटप, पाल्पाली पञ्चेबाजा समुहलाई १० हजार, राष्ट्रिय पञ्चेबाजा समुहलाई १० हजार, गोरुजुधाई महोत्सवमा सहभागीता जनाएका ६ हल गोरुलाई २४ हजार र बालकलाकार दीक्षा ठकुरीलाई २ हजार नगद सहयोग गरेका हुन । खतिवडाले विगतका वर्षहरुमा धादिङको विभिन्न भेगमा समाजिक काममा वर्षेनी लाखौ रकम सहयोग गर्दै आइरहेका छन ।

सो अवसरमा वोल्दै समाजसेवी युवराज खतिवडाले आफुले जन्मेको हुर्केको ठाउलाई सवैले सहयोग गरेर बिकास गर्नतर्फ लाग्नुपर्ने वताउदै आफु जन्मेको साबिकको खाल्टे गाविस र हालको निलकण्ठ नगरपालिका वडा नम्बर ५ फ्याक्सेको विकासका लागि व्यावसाय गर्ने विदेशमा रहेकाहरुले सहयोग गर्नुपर्ने वताए । आफुले किसानहरुलाई प्रोत्साहन गर्ने गोरुजुधाई महोत्सवलाई विगतका वर्षहरुमा पनि सहयोग गर्दै आएको र यो पटक पनि सहयोग गरेको र यसले किसानहरुलाई प्रोत्साहन पुग्ने वताए ।

स्थानिय पञ्चेवाजाहरु हराउँदै गइरहँदा त्यसलाई संरक्षण गर्न पनि आफुले सहयोगलाई निरन्तरता दिने र ग्रामीण भेगमा रहेको विद्यालयहरुमा प्राविधिक शिक्षा प्रदान गराउनका लागी सहज होस भन्ने अभिप्रायले कम्प्युटर प्रदान गरेको समेत वताए । सो अवसरमा गैर आवासिय नेपाली समाजका सह कोषाध्यक्ष धादिङ जन्मघर भइ हाल बेल्जियममा कार्यरत लोक प्रसाद दहालले समेत नगद १ लाख चमेरे गुफा संरक्षण समाजलाई प्रदान गर्दै धादिङको विकासका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

चमेरे गुफा संरक्षण समाजका अध्यक्ष प्रीतम श्रेष्ठले सहयोगी दाताहरुलाई धन्यवाद दिदै आफ्नो समाज दाताहरुको सहयोगकै भरमा छैठौ संस्करणको गोरुजुधाई महोत्सव तथा सांस्कृतीक कार्यक्रम सम्म आइपुगेको वताए । चमेरे गुफा संरक्षण समाजले नीलकण्ठ ५ फ्याक्सेमा पर्यटन भित्रयाउनका लागी गोरु जुधाइ प्रतियोगिता संगै साविकको खाल्टे नीलकण्ठ १ र ५ मा रहेको चमेरे गुफा, हिरामोती गुफा, पातले होम स्टे र गुम्वा, घुमाउने डाँडा र वर्षा याममा देखीने वेतिनी छाँगो र पातले छाँगोको प्रचार प्रसारमा समेत जोड दिदै आएको श्रेष्ठले वताए ।

बाइसे चौबिसे राज्यको वेला बझाँगे राजा जय पृथ्वीबहादुर सिंह तत्कालिन पञ्चायतको बेला नुवाकोट (मामाघर) पञ्चायतपछि टुक्रियर धादिङ बनेको र त्यसवेला यहाँ आएको वेला भान्जालाई खुसी बनाउन मामाहरुले गोरु जुधाएर देखाएको र त्यसैबेलादेखी नुवाकोट र धादिङका विभिन्न ठाउँमा गोरुजुधाई प्रतियोगिता हुदै आएको र इतिहासलाई जीवन्त राखी पछिल्लो समय ट्रयाक्टर भित्रिएपछि गोरुपाल्ने चलन हराएकाले गोरुपालनलाई समेत सहयोग पुगोस् भन्ने अभिप्रायले विगत ६ वर्षदेखी गोरुजुधाउने प्रतियोगितालाई चमेरे गुफा समाजले महोत्सवको रुपमा आयोजना गर्दै आइरहेको छ ।