शहीद पत्नि १५ औं स्थानमा शान्ति समितिको संयोजक

580
views

पर्वत । स्थानीय शान्ति समिति पर्वतको संयोजकमा मनरुपा शर्मा सुवेदी सर्वसहमत रुपमा चयन भएकी छन् । जनयुद्वका क्रममा सहादत विजय सुवेदीकी पत्नी मनरुपमा सुवेदी शान्ति समितिको १५ औ संयोजकका रुपमा सर्वसहमत भएकी हुन् । द्वन्द्व पीडितको तर्फदेखि प्रतिनीधित्व गर्दै आएकी उनले सोमबार नै पदस्थापना कार्यक्रम मार्फत जिम्मेवारी हस्तान्तरण गरिएको कार्यलय सचिव किशोर सुवेदीले बताए । शान्ति समितिको संयोजकमा चयन भएकी सुवेदीले जिल्लाका द्वन्द्व पीडितको हक र अधिकारको लागि लड्ने बताएकी छिन् । उनले आफ्नो कार्यकालमा पीडितहरुको हक र अधिकारलाई स्थापित गर्नको लागि केन्द्रीय स्तरसम्म पहल गर्ने र सोही अनुसार व्यवस्था मिलाउने बताएका छिन् ।
विगतको समयमा राजनीतिक विवादका कारण द्वन्द्व पीडितले न्याय प्राप्त गर्नको लागि कठिन भएको भन्दै अब त्यसो नहुने उनको भनाई छ । सुवेदीका तात्कालिन जनयुद्वका क्रममा २०६१ सालको शिर्षकोट हत्याकाण्डमा उनका श्रीमान विजय सुवेदीको हत्या गरिएको थियो ।