पर्वत युवा समाज कतारले गर्यो मृगौला पीडितलाई सहयोग

777
views

महेन्द्र जिसी
पर्वत, २४ चैत्र । पर्वत मोदी गाउँपालिका–६ रातमाटा तिलाहारका मृगौला पीडीत कृष्ण बहादुर लामिछानेलाई पर्वत युवा सेवा समाज कतारले आर्थिक सहयोग गरेको छ । समाजले दुई महिनादेखी पोखरा चरक अस्पतालमा उपचार गराईरहेका लामिछानेलाई बुधबार सहयोग गरेको हो ।
समाजका अध्यक्ष दिपेन्द्र जङ लामिछानेको पहलमा समाजका संस्थाक संयोजक अजय विश्वकर्माले पीडीतका बावु मन बहादुर लामिछानेलाई रकम हस्तान्त्रण गरेका हुन । गत शैक्षिक सत्रमा माध्यमिक शिक्षा परीक्षामा सहभागी लामिछानेलाई अध्यनरत विद्यालय नव जागृती उच्च माविले थालेको कृष्ण बचाउ अभियान अन्तर्गत राहत संकलन गरिएको थियो ।
सन २००३ मा स्थापना भएको पर्वत युवा समाज मार्फत रोजगारको शिलशिलामा कतार पुगेका नेपालीहरुको सहयोगमा संकलित राहत रकम उपचारको लागि सहयोग गरीएको संयोजक अजय विश्वकर्माले बताए । तिनवर्ष अगाडीको विनासकारी भुकम्पपछि सो समाजले पीडीतलाई राहत वितरण गर्दै आएको छ । सोही अनुसार तिलाहारका मृगौला पीडित कृणबहादुर लामिछानेलाई ९० हजार ११ रुपैयाँ हस्तान्त्रण गरीएको हो । उनको उपचारका लागि स्थानयिले समेत सहयोग गरेका छन । स्थानीय कृष्ण बहादुर घर्ती क्षेत्रीले लामिछानेको उपचारको लागि पाँच हजार पाँच रुपैयाँ सहयोग गरेका छन । पारिवारीक आर्थिक अवस्था कम्जोरी रहेको उक्त परिवारलाई अभियान सञ्चालन गरी सहयोग जुटाएपछि राहत पुगेको छ । कृष्ण बचाउ अभियानका अभियान्ताहरुको प्रयासले उपचारमा सहयोग पुगेको नव जागृती उच्च माविका सहायक प्रध्यापक दिनेश शर्माले गर्नुभएको हो । कार्यक्रममा विद्यालयका विद्यार्थी तथा समाजका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।