दाङमा विप्लव समूहका दुई कार्यकर्ता रिहालगत्तै पुनः पक्राउ

460
views

दाङ, ४, माघ । धरौटी बुझाएर छुटे लगत्तै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई कार्यकर्तालाई प्रहरीले पुनः पक्राउ गरेको छ । नेकपाको भ्रातृ संगठन दलित मुक्ति मोर्चा दाङका जिल्ला अध्यक्ष सुरज परियार र पार्टी सदस्य वाणगंगा नगरपालिका–८ कपिलवस्तुका विष्णुबहादुर रावत जिल्ला अदालत दाङले शुक्रवार धरौटीमा छाडेको थियो । तर, रिहा हुने बित्तकै प्रहरीले पुनः पक्राउ गरेको हो ।

गत असोज ३० मा नेकपा मध्य कमाण्ड ईन्चार्ज वीरजंगसहित २१ जनालाई देउखुरी राजपुर मुङग्रेटाबाट प्रहरीले पक्राउ गरेको थियो । तीन महिनासम्म हिरासतमा बसेका उनीहरुलाई अदालतले जनही १५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । पुनः पक्राउ पर्ने बताउँदै उनीहरु सबै कारागार गएका थिए ।

कारागार गएका चारजना नेताले केही दिनअघि धरौटी बुझाएर रिहा हुने क्रममा प्रहरीले पुनः नियन्त्रणमा लिएर कपिलबस्तु पु¥याएको थियो। उनीहरुलाई सर्वोच्च अदालतले छोड्न आदेश दिएपछि रिहा भएको बताइएको छ ।