महाशिला सामाजिक महिला उदयमी सहकारीको सातौ साधारण सभा

1352
views

दिपेश विश्वकर्मा
पर्वत, ५, माघ  । पर्वतको महाशिला गाउँपालिका वडा न ५ लुंखु स्थित महाशिला सामाजिक महिला उदयमी सहकारी सस्था लिमिटेडको सातौ साधारण सभा सम्पन्न भएको छ ।साधारण सभाको महिशिला गाउँपालिका ५ का वडा अध्यक्ष जिवन उच्चै ठकुरीले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभयो ।

साधरण सभाको उद्घाटन गर्नुहुर्दै उहाँले सहकारीले महिलाहरु एक ठाउँमा उभ्याउन सफल भएको बताउनुभयो ।सहकारी मार्फत महाशिलाका महिला दिदीबहिनीहरुलाई उद्यमशिल बनाउनुका साथै पैसाको बचत गर्ने बानीको विकास गरेको उहाँले बताउनुभयो ।

उहाँले महिलाहरु चुलो चौकोमा मात्र सीमित नभई सामाजिक कार्यमा पनि अग्रसर हुनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा हेफर ईन्टरनेशनलका श्याम पौडेल, EYC बागलुङका अध्यक्ष मडि भद्र शर्मा, नेकपाका टीकु मल्ल, नेपाली काग्रेसकी सिर्जना मल्ल, जनमोर्चाका कृष्ण क्षेत्री, महेन्द्र ज्योति माध्यमिक विद्यालयका अध्यक्ष एक बहादुर हमाल, राष्ट्रिय बाणिज्य बैंक लुंखुका शाखा प्रमुख सन्दीप पौडेल लगायतले बोल्नुभएको थियो ।

सहकारीले महिलाको नेतृत्व विकास संग सगै आनीबानीमा समेत परिवर्तन ल्याएको वक्ताहरुले बताएका थिए ।संस्थाकी अध्यक्ष कमला कुस्मेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाकी सचिव धनसुभ विकले गर्नुभएको थियो । सहकारीले वडा कार्यलय संगको साझेदारीमा खसी बोका दूध बिक्री वितरण समेत केही समय अघि देखी सुरु गरेको छ ।