शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

633
views

काठमाडौं, ५, माघ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने आजका दुबै खेलमा लिग तालिकामा कमजोर टिमहरु भिड्दैछन् । दिउँसो १२ बजे हुने पहिलो खेलमा न्यूरोड टीम एनआरटी र विभागीय टोली एपीएफ भिड्दैछन् ।

६ वटा खेलबाट ८ अंक जोडेको एनआरटी तालिकाको आठौँ स्थानमा छ । ६ मध्ये जम्मा एक खेल मात्र जितेको विभागीय टोली एपीएफ पाँच अंकसहित तालिकाको पुच्छरबाट दोस्रो स्थानमा छ ।

दिउँसो ३ बजे हुने दोस्रो खेलमा सरस्वती युथ क्लबले फ्रेण्ड्स क्लबको सामना गर्नेछ । आफ्ना सबै खेलमा हार व्यहोर्दै अंक तालिकाको पुच्छारमा ररेको सरस्वती युथ क्लब आज पहिलो जितको खोजीमा हुनेछ । एक खेलमा जित निकालेको फ्रेण्ड्स पाँच अंकसहित तालिकाको अन्तिमबाट तेस्रो स्थानमा छ ।