बजेट एकलौटी गरेकामा सांसद रानाको आपत्ति

471
views

पोखरा, ५, माघ । राष्ट्रिय सभाका सांसद विन्दादेवी रानाले कास्की निर्वाचन क्षेत्र नं २ मा आर्थिक वर्ष २०७६/०७७ को बजेट एकलौटी भएकामा आपत्ति जनाएकी छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमलाई निर्वाचित सांसद विद्या भट्टराईले एकलौटी गरेको आरोप लगाएकी हुन् । सांसद रानाले शनिबार पत्रकार सम्मेलनमार्फत् बजेटलाई एकलौटी र स्वच्छाचारी ढंगले वितरण गर्न खोज्नु संददीय मर्यादा विपरित भएको उल्लेख गरिन् ।

रानाले भनिन्, ‘विद्याजीले तापाईँले सानो सानो योजना ल्याउनुस् म हल्दिन्छु’ भन्नु सांसद र सिंगो पार्टीप्रतिको अपमान भएको बताइन् । उनले स्वर्गीय रवीन्द्र अधिकारीको नाम लिँदै भनिन्, ‘हिजो रवीन्द्रजीसँग छलफल भएरै कार्यक्रम ल्याइन्थ्यो, तर आज त्यसो हुनुको अलवा उल्टो अपमान र आपत्तिजनक व्यवहार हुनु कास्कीको र जनताको हित विपरित भयो ।’ पत्रकार सम्मेलनमा भनिन्, ६ करोड बजेटलाई एकलौटी ढंगबाट जनता केन्द्रित हुनु पर्नेमा कार्यकर्तामुखी बन्ने भयो ।’

कानुनी अधिकारलाई लत्याउँदै निर्वाचित भएकै भरमा जिल्ला समन्वय समितिका सभापतिसमेत रहेका बैनबहादुर क्षेत्री लगायतले विद्या भट्टराईको आड लिएर कार्यक्रम नै सहमतिमा नहुने भन्ने व्यवहार आफूलाई मान्य नभएको बताइन् । समानरुपले हुनु पर्ने बेजट वितरण प्रणालीमा सांसद रानाले सरकारको निर्देशिका माथि नै आपत्ति जनाउन भ्याइन् । संविधानको धारा ८६ अनुरुप निर्वाचित हुनेको अधिकारलाई सरकारले स्वार्थमा बदलेको आरोप लगाइन् । रानाले कास्की क्षेत्र नं २ अन्तर्गत पृथ्वीचोक, महेन्द्रपुल, चिप्लेढुंगामा आकाशे पुल, मैदान ठूलीस्वाँरा सुरौदी मोटरमार्ग, बासपानी कपासे सुरौदी हलेदेमार्ग, गिरीगाउँ खेल मैदान निर्माण, देउराली ब्यारेकचोक मोटरबाटो, सेती नहर दायाँबायाँ ढलान बाटो निर्माण पोखरा ७, काहुँ धरहरा जाने मोटर बाटो, फूलबारी पुन समाजको भवन, प्रतिभा टोल आमा समूह भवन निर्माणलाई आफूले प्राथमिकता दिएको बताइन् ।

पत्रकार सम्मेलनमा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालय पोखरा १७ को भवन, मलागिरी बहुउद्देश्यीय सामूदायिक समाज भवन पोखरा ३३, बानिया पथ बाटो पिच पोखरा १६, भयरस्थान मार्गका शाखा बाटो कालोपत्रे तथा ढलान, नारी परोपकार सभाहल निर्माण, आँटीघर मंछापदेखि मौर्या मौजा सडकको स्तरवृद्धि गरिनु पर्नेमा जोड दिइन् । सांसद रानाले बजेट एकलौटी ढंगबाट वितरण गर्न खोज्नु सांसद विद्यजीको नियत कास्कीका मतदाताले नियाल्नु पर्ने बताइन् । २०७० सालदेखिको समानरुपले छनोट गरिएको योजनाहरुमा आफूले पारदर्शी, सामाजिक उत्तरदायित्व र जवाफदेहिताका आधारमा सम्पन्न गरेकोसमेत उल्लेख गरिन् ।