गायक माधव गिरीको डेब्यु गीत ‘माया लाएँ’ रिलिज

557
views

काठमाडौं, ६, माघ । गायक माधव गिरीको डेब्यु गीत ‘माया लाएँ‘’ रिलिज भएको छ । गीतमा गायक गिरीकै स्वर, संगीत र शब्द रहेका छन् । गायनमा डेब्यु गीतलाई गिरीले ओएसआर डिजिटलबाट शुक्रबार रिलिज गरेका छन् ।

गीत संगीतमा लागेको धेरै भयो’, गायक गिरीले भने, ‘पहिलो पटक आफ्नै स्वर, संगीत र शब्दमा गीत ल्याएको छु । मेरोतर्फबाट राम्रो गरेको छु । फैसला दर्शक, स्रोताबाट हुनेछ ।’ मञ्जुश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

म्युजिक भिडियोलाई विशाल नेपालीले निर्देशन गरेका छन् । नायिका मरिस्कार पोखरेल, अश्मिक लम्साल र माधव गिरीलगायतले म्युजिक भिडियोमा अभिनय गरेका छन् ।