उपसभामुखले गरिन् राजिनामाको घोषणा

503
views

काठमाडौं, ६, माघ । प्रतिनिधिसभा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजिनामा दिने घोषणा गरेकी छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै आफू मार्गप्रसस्त गर्ने राजिनामाको घोषणा गरेकी हुन ।

दुई वर्षसम्म आफूले गरिमामय अङ्गको नेतृत्व गर्न पाएकोमा सो समय महत्वपूर्ण रहेको स्मरण गरेकी छन् । सभामुखका विषयमा संसदमा बहुमत प्राप्त दलले नेतृत्वको दाबा गरेपछि प्रचलित कानुन र संवैधानिक व्यवस्थाका आधारमा त्यसलाई कार्यान्वयनका लागि आफूले सहजीकरण गरेको उनले बताएकी छन् ।