सकियो जैमिनी मेला, आईडल २ घोषणा

877
views

सीताराम थापा
बाग्लुङ । परापुर्वकालदेखि गरिदैं आएको ऐतिहाँसिक जैमिनिघाट मेला यसबर्ष जैमिनिको कुश्मिशेरामा बिबिध कार्यक्रमकाबिच समापन भएको छ । जैमिनी आईडलमा नृत्य प्रर्दशन गरेर कुश्मिसेरा सामरुन्टाकी सृष्टि थापा मगर द्वितिय भएकी छन् ।

जैमिनी नगर–१ कुश्मिशेरामा संचालित जैमिनी मेला समापन समारोहमा मेला मुल्यांकन समितिले घोषणा गरेको जैमिनि नगर उप प्रमुख लिला रानाले बताए ।

जैमिनि नगरपालिका सर्कुवाकी चन्द्रा थापा मगर आईडल–२ प्रथम घोषित भईन् भने सर्कुवाकै राजकुमारी थापा तृतिय भएको आयोजक साहारा क्लकले जनाएको छ ।

जैमिनी आईडलमा प्रथम हुने लाई रु १० हजार, द्वितिय हुनेलाई ६ हजार तथा तृतिय हुनेलाई ४ हजार र प्रमाण पत्रले सम्मान गरिएको थियो ।