रण शुज सेन्टरमा आगालागी, ४ लाखको क्षती

1316
views

निर्मल पौडेल
पर्वत, ७, माघ । कुस्मा वजारको धनेश्वर चोक वाट वगैँचा चोक जाने वाटोमा रहेको रण शुज सेन्टरमा विधुत सर्ट भएर आगालागी भएको छ । विहान सवा ७ वजेको समयमा आगालागी हुँदा पसलमा रहेका सम्पुर्ण मालसामानहरु जलेर नष्ट भएका छन् ।

पसलमा रहेको रु ७० हजार नगद सहित २ वटा लोवेड, दराज, २ वटा मोवाईल सेट, स्पीकर, जुत्ता सिलाउने मेशिन, ४० जोर जुत्ता गरी करिव ४ लाख वरावरको क्षती भएको पसल सञ्चालक रण वहादुर वस्यालले जानकारी दिएका छन् ।

आँफुहरु पसलमा नभएको समयमा आगालागी भएको र आगो स्थानियले नियन्त्रण लिएको वस्यालले वताए । आईतवार विहान आगालागी भएर ठुलो क्षती हुँदा पनि कुनै सञ्चार माध्ययमले प्रशारण नगरेको भन्दै नवदृष्टी लाई दुखेसो गरे ।