बेल्जियमकी अधिराजकुमारी भरतपुरमा

581
views

चितवन । बेल्जियमकी अधिराजकुमारी एस्ट्रिड भरतपुर आईपुगेकी छिन् । उनलाई भरतपुर नगरपालिकाले बाजागाजाका साथ भव्य स्वागत गरेको छ । नवलपुरमा आयोजित कार्यक्रममा सहभागी हुन आउने क्रममा एस्ट्रिडलाई भरतपुर विमानस्थलमा महानगरपालिकाले स्वागत गरेको हो ।

महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख पावर्ती शाह, चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलगायतले विमानस्थलमा स्वागत गरेका थिए । उनी दुई दिन चितवन रहने भरतपुर महानगरले जनाएको छ ।

चितवन बसाइको क्रममा एस्ट्रिडले चितवन राष्ट्रिय निकुञ्ज र अन्य पर्यटकीय क्षेत्रको अवलोकन गर्ने बताइएको छ । उनी नवलपुरस्थित मध्यविन्दु जिल्ला अस्पताल क्षयरोग प्रेषण केन्द्रको शिलन्यास गर्न आएकी हुन् ।