‘‘जाने वेलैमा’’ सार्वजानिक ,मेडलिङमा जम्दै: भण्डारी

2444
views

निर्मल पौडेल
पर्वत, ८, माघ । विनोद भण्डारी प्रायले नचिन्ने नाम होईन अहिले । को हुन त भण्डारी ? वाग्लुङको गल्कोट नरेठाँटीमा २०५० साल जेष्ठ २७ गते वावा धनवहादुर भण्डारी र आमा भुमा भण्डारीको कोख वाट जन्म लिएका व्याक्ति जो अहिले चर्चामा छन् । छोटो समयमै धेरै चर्चामा आउने मध्यका एक पात्र देख्दैमा चट्ट हँसिला फरासिला कसैको आँखामा नविझाउने भण्डारी स्वयं गायक सर्जक तथा उत्कृष्ट अभिनय र निर्देशनमा चर्चामा छन् यतिवेला ।

धेरै दर्शक तथा स्रोताका मनमा वस्न सफल भण्डारी अहिलेका वजारमा आउने लोक गित संगितमा छुट्टै मौलिकताको उत्कृष्ट अभिनय र भिडियो मार्फत स्वाद चखाउने व्याक्ति हुन । हालसालै वजारमा आएको ‘‘जाने वेलैमा’’ गीत अपलोड भएको केही छिनमै धेरै जनाले मन पराएका हुन् । यसभन्दा अगाडी ‘‘कपलु कोरेर ’’ गितमा सफलता मिले संगै भण्डारीले त्यस्तै भावमा आधारित अर्को नयाँ गितमा फरक किसिमवाट अभिनयमा देखिएका हुन् ।

नेपालको प्लस टु सम्मको अध्ययन गरेका भण्डारी ६ वर्ष प्रवासमा रहँदा पनि नेपाली गीत संगित लाई योगदान गरिरहे । अध्ययनको लागि जापान गएका भण्डारीले उहीवाट ‘यस्तै छ कहानी प्रदेशीको ’ गीत वाट अभिनय र निर्देशनको यात्रा थालनी गरेका हुन् । आज भन्दा ६ वर्ष अगाडी जापानमा रहँदा ‘आउँछु हावा सरी तिमी लाई भेट्न ’ वोलको गीत वाट साँगितीक यात्रा थालनी गरेका हुन् ।

यस्तै प्रवासमै रहँदा ‘‘हरेक दिन नेपाली प्रदेशमा रुन्छ ’’ शिव हमालको ‘चारै तिर हावा चलिरहेको थियो ’ ‘हे भगवान् ’ ‘अभाव केही रहेन ’ लगायतका १ दर्जन भन्दा वढी गितहरुमा उत्कृष्ट अभिनय र अन्य गीतमा निर्देशन गरेका छन् ।

गीत संगित मात्र हैन भण्डारी एक सफल व्यवसायी पनि हुन । गीत संगितमा लागेर हिँडेपनि भण्डारीले काठमाण्डौको धापासी हाईटमा रेष्टुरेन्ट समेत सञ्चालन गरेका छन् ।

भण्डारीले वाँकी जीवन म्युजिक भिडियोमानै समर्पित गर्ने वताएका छन् । अहिलेको ‘‘जाने वेलैमा’’ वोलको गीतमा घरपरिवार चटक्क छाडेर प्रदेशीनुको पीडा तथा मुग्लान जाँदै गर्दा मनमा हुने आहत,घरपरिवार प्रतिको अथाह प्रेम संगै अनायसै मनमा आउने विलौनाहरुलाई छर्लङ्ग पारिएको छ । कर्णप्रिय सुमधुर स्वरकी धनी गायिका शान्तिश्री परियार र कोकिलकण्ठ आवाजका प्रखर सर्जक तथा गायक लक्ष्मण सुनारको आवाज रहेको गितमा  उत्कृष्ट लय शव्द सर्जक तथा गायक नन्दु परियारको रहेको छ ।

गितमा चर्चित मोडेल दिव्यानी ओलीले हदै सम्मको कारुणिकता प्रदान गरेकी छन् । व्यस्त निर्देशक नन्दु परियारले निर्देशन गरेको म्युजिक भिडियोमा विनोद वाजुरालीको संगित संयोजन रहेको छ भने पृथ्वी इन्टरटेन्मेन्टको अफिसियल युटुव च्यानल मार्फत सार्वजानिक गरिएको छ ।