सञ्चारकर्मी एल.वि अञ्जानका प्रेमिल मुक्तकहरु

1115
views

१ .तिमिलाई यो दिलको रानी बनाउछु ।
संसार हेर्ने आखाको नानी बनाउछु ।।
हाम्रो पिरतिको पाठ सबैले सिकुन ।
नमुना प्रेमको उत्कृष्ट कहानी बनाउछु ।।

२. यो मुटुमा तिम्रो नाम छ चिरेर हेर ।
सक्छौ भने यो मनभित्र छिरेर हेर ।।
मेरो माया जस्तो खोजेर पाउदैनौ ।
न पत्याए सारा संसार फिरेर हेर ।।

३.कसको व्यबहार कस्तो भनी परिचयले बताउछ ।
निस्वार्थ साथ कसले दिन्छ,त्यो समयले बताउछ ।।
अहिलेको जमाना प्राय झुठ नै झुठमा चेलेको छ ।
आफ्नो यथार्थ कुरहारु मात्र कतिपयले बताउछ ।।
लक्ष्मण विश्वकर्मा , एल.वि अञ्जान फलामखानी पर्वत ।