आजदेखी पर्वत महोत्सव शुरु, सरकार विकास र प्रगतिपथमा–तिमिल्सिना

812
views

पर्वत, ९ माघ । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सरकार विकास र प्रगतिपथमा अगाडी लम्किरहेको बताए । छैटौं पर्वत महोत्सवको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सनाले सरकार समद्ध नेपाल, सुखी नेपालीको अभियानसँगै विकास र प्रगतिपथमा अघि बढिरहेको बताउँदै पर्वत महोत्सवले समेत उक्त अभियानमा टेवा पुग्ने बताए ।

उनले पर्वतमा शुरु भएको महोत्सवले सिंगो पर्वत जिल्लाको समृद्ध बनाउन र स्थानीय उत्पादनलाई बढवा दिन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै जिल्लाई सबै प्रकारले आत्मनिर्भर बनाउन महोत्सवले टेवा पुग्ने धारणा व्यक्त गरे ।

तिमिल्सिनाले जिल्लावासीलाई आत्मनिर्भर बनाउन कृषिलाई आधुनिकीकरण गर्दै उत्पादित उपभोग्य वस्तुको बजारीकरण र उद्यमशिलताको विकासमा महोत्सवको महत्व रहेको बताए ।

अध्यक्ष तिमिल्सिनाले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले पर्वतको कृषि, पर्यटन र उत्पादनलाई प्रर्वद्धन गर्न आवश्यक रहेको भन्दै जिल्लामा उद्योग तथा कलकारखानाको समेत स्थापना गर्न आवश्यक रहेको प्रष्ट्याए ।

स्थानीय सरकार, प्रदेश सरकार वा संघीय सरकारले उत्पादन गर्ने, बजारीकरणको सुनिश्चितता गर्ने, पूर्वाधार निर्माणसँगै पर्यटन क्षेत्रको विकासमा जोड दिन आवश्यक रहेको भन्दै तिमिल्सनाले भने ‘राजयले लगानीमैत्री वातावरण निर्माण गर्दै सर्वसुलभ ऋण उपलव्ध, उदमशिलताको विकास र सुरक्षाको प्रत्याभूति दिलाउन राज्य तयार हुनुपर्दछ ।’

पर्वत उद्योग बाणिज्य संघ पर्वतको आयोजनामा आजदेखि शुरु भएको गण्डकी प्रदेश स्तरीय पर्वत महोत्सव माघ १९ गतेसम्म सञ्चालन हुनेछ ।