राष्ट्रिय सभा सदस्यमा नारायणकाजी श्रेष्ठ विजयी

1938
views

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रतिद्वन्दी सूर्यप्रसाद रेग्मीलाई १२ सय १८ मत अन्तरले पराजित गर्दै राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।

विजयी श्रेष्ठले ३४ सय ६२ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी रेग्मीले २२ सय ४४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी गण्डकी प्रदेशबाट महिलातर्फ भगवती न्यौपाने विजयी भएकी छन् । उनले विमला गौचनलाई १०३६ मतले पराजित गरेकी हुन् । निर्वाचन आयोगका अनुसार भगवतीले ३३ सय ३६ मत ल्याएकी छन् भने विमलाले २३ सय ४० मत ल्याएकी छन् ।