“क्लिन फलेवास ग्रिन फलेवास’’ अभियानको भ्रम र यथार्थ

944
views

–प्रदिप भुसाल
ग्रिन र क्लिन अवधारणा सहित फलेवास नगरपालिकाले आर्थिक वर्ष ०७५ र ०७६ बाट सुरु गरेको यो अभियान ग्रिन, क्लिन उत्पादन वृद्धि र आर्थिक समुन्नतमा आधारित छ । वनजङ्गल नै जिविकोपार्जनको एउटा महत्वपूर्ण स्रोत हो । खेतीपाती र आयआर्जन गर्न गरिबहरूले नै बढी जङ्गल फँडानी गरेका सरकारी तथा अन्तराष्ट्रिय संगठनहरूको दाबी छ । तर जब प्रशस्त खानेकुरा हुँदैन, प्रशस्त आयआर्जन हुँदैन अथवा अरु बाँच्ने आधार मिल्दैन, जङ्गल बचाई राख्नुभन्दा बाँच्नु महत्वपूर्ण हुन आउँछ ।जङ्गल फँडानीको दोष अरु कलकारखानालाई कम दिएको पाइन्छ । जसले तेल प्रशोधन,खानीलगायत औद्योगिक वृक्षारोपणको लागि अत्यधिक मात्रामा काठ दाउरा उत्खनन् एवं जङ्गल फँडानी गरेको हुन्छ । जब मानिसलाई आफ्नो दैनिक बाँच्ने आधार पूरा हुन्छ तब मात्रै उसले भविष्यलगायत पर्यावरण कसरी र किन जोगाउने भन्ने सोच्दछ । जो मानिस जङ्गलमा बस्छ वा त्यसको हेरविचार गर्छ उसलाई जङ्गल फँडानी नगरिकन जीविका कसरी चलाउने भन्ने कुरा थाहा हुन्छ । गरिबी र कलकारखानाको मागले गर्दा नै धेरै वन विनाश भएको पाइन्छ ।

जङ्गलको रूपमा परिणत भएको खेतीयोग्य जमिन कृषि उत्पादन बढाउनको लागि धेरै ठाउँमा किसानहरूले रुखहरू काट्छ्न जहाँ वरिपरिका रुखहरू त्यत्तिकै छाडेको अवस्थामा छन् तिनीहरूले त्यस खेतबारीमा ओसेप पारेका हुन्छन् । त्यसपछि त्यस ठाउँमा वन फँडानी गरी खेतीबाली लगाउँछन् । यो प्रक्रिया गर्दा पुरानो ठाउँमा फेरि रुखविरुवा उम्रिन्छ र माटो पुनः स्थापित हुन्छ । यसलाई कहिलेकाहीं “स्लास एण्ड वर्न” अथवा “स्विडेन फार्मिङ्ग” भन्ने गरिन्छ । स्विडेन फार्मिङ्ग हजारौं वर्षसम्म गरिएको थियो । स्विडेन फार्मिङ्ग किसान र वन जङ्गलका लागि दिगो हुँदैन । जब कुनै समुदायले स्थायीरूपमा वन जङ्गल भएको ठाउँमा खेती नगरी खेतीयोग्य जमिनमा खेती गर्छन् तब मात्रै त्यो दिगो खेती प्रणाली हुन जान्छ ।दशकौं अघि एक गाउँ बाट अर्को गाउँ बस्ती प्रष्ट संग देखिन्थे ,तर आज ती बस्तीहरु ठुला रुखले घेरेर रुप नै उडिरहेको छन् ।वन्यजन्तु जस्तै बाघ बदेल दुम्सी बादर जस्ता जगली जनावर बाट असुरक्षित हुँदै गइरहेका छन् । सयौं युवाहरु विदेश पलायन हुने,वर्षेनी दशै परिवार बसाइँसराइ गरि तराई तथा बजार जानू कृषि उत्पादन को कमि हुनु कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव हुनु ,कृषि लागत अनुसारको उत्पादन नहुनु सिचाइको अभाव लगातका कारणले खेतीयोग्य जमिन बाझिन पुगे फलस्वरूप ती खेतीयोग्य जमिनहरु चिलाउने लगायतका रुख झाडीले ढाक्नाले जङ्गलको रुपमा परिणत भइरहेका छन् ।

विशेष गरि चैत्र देखि असारको को समयमा वर्षा र चट्याङले ठुला अग्ला रुखसगै घरमा जनधनको क्षती पुर्याएको छ भने घरवरपरका रुख तथा बाँसको चिसो र तप्कानेले जाडो महिनामा बालबच्चा, बृद्धअबस्थाका मानिसलाई निमोनिया जस्ता रोगले ग्रसित छन् ।

जीवशास्त्र अनुसार जिवात्म २ किसिमको हुन्छ जन्तु जगत र वनस्पति जगत । यी २ जिवात्म को विचमा प्राणवायु उत्सर्जन प्रयोग र पर्यावरण वातावरण सन्तुलन मा महत्त्वपूर्ण भुमिका रहेको छ जहाँ अजैविक बस्तुहरु हावा, पानी, माटो, तापक्रम लगायतले सेतुको भुमिका खेलेका छन् । त्यसैले वनस्पति विनाको जन्तु जगत र जन्तु जगत विनाको वनस्पति जगतको कल्पना गर्न सकिदैन । पारिस्थितिक प्रणाली अनुसार हामी एक आर्कोमा परनिर्भर छौं । जीवपिण्ड र सुरक्षाको ग्यारेन्टी दुवैबाट हुनुपर्छ । एकोहोरो रुखबिरुवा मानव बस्ती खेतीयोग्य जमिनमा निरन्तर बढ्ने र जङ्गलको रुप लिनाले मानव को लागि चाहिने कृषि उत्पादन घट्ने र बन्यजन्तुबाट निरन्तर आक्रमण हुने, उचित तापक्रमको अभाव हुने जस्ता समस्याहरु आइरहेका छन् । विकास र मानव जीवनसंग जोडिएको विजुली तथा सडकलाई निश्चित रूपमा वरिपरिका ठुला रुख तथा बाँसले अवरुद्ध गरिरहेका छन् । हुरी र बताससगै बास लगायत का रुख बाट मुख्य प्रसारण लाइन र शाखा लाईनमा छुँदा आगोलागी विधुत चुहावट भइ जनधनको क्षती भए गरेका खबरहरु सुनुरहेकै छौ । विशेष गरि चैत्र देखि असारको को समयमा वर्षा र चट्याङले ठुला अग्ला रुखसगै घरमा जनधनको क्षती पुर्याएको छ भने घरवरपरका रुख तथा बाँसको चिसो र तप्कानेले जाडो महिनामा बालबच्चा, बृद्धअबस्थाका मानिसलाई निमोनिया जस्ता रोगले ग्रसित छन् ।

कृषि उत्पादन वृद्धि नाफामुलुक नगदेबालीको खेती तथा फलफूल लगायतका बाली आनि र बानीमा परिवर्तन सहित को क्लिन फलेवास ग्रीन फलेवास अभियानले दीर्घकालीन सोंच र योजना अनुरुप अगाडि बढ्को छ । अहिले हजारौं अनावश्यक रुख बिरुवा काटिरहदा लाखौं आवश्यक बिरुवा रोपण गर्ने अभियान अगाडि बढाउनपर्छ । बाटो चक्लाबन्दी सकिएसगै माननीय मन्त्री विकास लम्साल ज्युको १०० मि बराबर १ वर पिपलको रुख रोप्ने अभियानलाई प्राथमिकता साथ अगाडि बढाउनुपर्छ । यसै वर्षको कृषि बजेट अन्तर्गत १ खाल्डा १ फलफुल बिरुवा अभियानलाई भूगोल तापक्रम र माटो सुहाउँदो फलफुलका बिरुवा वितरणलाई दुर्त गतिमा प्रचारप्रसार सहित अगाडि बढाउनु पर्दछ । जङ्गलमा पाईने फलफूल जस्तै काफल तिजु आँप लगायतका बिरुवालाई थप संरक्षण र संख्याकिक वृद्धिमा ध्यान दिनुपर्छ जसले बादर आतंकलाई केही हद सम्म न्यूनीकरण गर्न सहयोग पुर्याउछ ।
ग्रिन र क्लिन अभियानलाई योजनाबद्ध दीर्घकालीन सोचका साथ अगाडि बढाईरहनुपर्छ । नकारात्मक सोच र राजनीतिक कोणको पक्ष र विपक्ष भन्दा माथी उठेर यो अभियानमा सवै सरोकारवाला आम नगरबासी लाग्नुको विकल्प छैन ।