फाल्गुन ५ देखि राईनोकप फुटबल प्रतियोगिता

502
views

कावासोती । राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता फाल्गुन ५ गतेबाट हुने छ । नन्दभाउजु उपभोक्ता समितिको आयोजना हुने प्रतियोगिता नवलपुर जिल्लाको मध्यविन्दु २ राईनो कप खेलमैदानमा हुने छ ।

आईतबार गरिएको पत्रकार सम्मेलनमा नन्दभाउजू उपभोक्ता समितिको अध्यक्ष दोमन भण्डारीका अनुसार प्रतियोगितामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको विभागीय टोली, आयोजक नवलपुर जिल्ला सहित ए डिभिजनका फुटबल क्लबहरू गरि १२ टिमको सहभागिता रहने छ ।

प्रतियोगितामा प्रथम हुनेले १० लाख, द्वितीय हुनेले पाँच लाख पुरस्कार पाउने छन् । प्रतियोगितामा १ करोड १० लाख खर्च लाग्ने अनुमान गरिएको छ । पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष विकास केसी, जिल्ला फुटबल संघका जिल्ला अध्यक्ष सेतमान पुन लगायतको सहभागिता रहेको थियो ।

विश्वकै दुर्लभ एक सिंगे गैडा संरक्षणका लागि सचेतना फैलाउने उद्देश्यले नवलपुरमा विगत १० बर्षदेखि प्रतियोगिता गरिदै आएको छ ।

कार्यक्रममा प्रचारप्रचार समितिका संयोजक विष्णु अधिकारीले समुदायकै कारण नेपालमा गैडा संरक्षण हुन सकेको बताए ।