पर्वत क्याङकी २४ वर्षिय कुसुमका दुवै मृर्गौला फेल, आर्थिक सहयोगको अपिल

5490
views

पर्वत, १३, माघ । मोदी गाउँपालिका वडा नं ४ साविक पर्वत क्याङ गाविस वडा नं ९ की कुसुम पुन मगरका दुवै मृर्गौलाले काम गर्न छाडेको छ । आर्थिक अवस्था निकै दयनिय भएको कुसुम परिवारलाई उपचारका लागि आर्थिक अभाव खड्किएपछि अहिले उनको उपचार रोकिएको छ ।

बल बहादुर पुन मगरकी बुहारी, दिलप्रसाद पुर्जा पुनकी छोरी २४ बर्षिय कुसुमको नर्भिक अस्पताल काठमाडौंमा डायलोसिस भईरहेको उनका श्रीमान भिम बहादुर पुनले वताए ।

सदरमुकाममा आर्थिक सहयोग उठाउँदै हिडेका भिमबहादुर पुन मगरले आफु वेरोजगार भएको र श्रीमती कुसुम पुन मगरको दुवै मृर्गौला फेल भएपछि उपचारका लागि आर्थिक कठिनाई भएको बताउँदै भने ‘म यतिवेला मेरो श्रीमतीलाई बचाउन चाहान्छु, मसँग आर्थिक कठिनाई छ, स्वदेश तथा विदेशमा दुःख गरिरहनुभएका दाजुभाई तथा दिदिबहिनीहरुसँग कुसुमको उपचारका लागि आर्थिक सहयोगको अपेक्षा गर्दछु ।’

अहिले कुसुमको उपचारको लागि मासिक ५० हजार रुपैयाँ खर्च भैरहेको बताउँदै पुनले भने स्वदेश तथा विदेशमा रहनुभएका दाजुभाई दिदिबहिनीहरु यहाँहरुको थोरै सहयोग पनि मेरो लागि अमुल्य छ, यहाँहरुले सहयोग गर्न चाहानुहुन्छ भने मेरो सम्पर्क नम्बर ९८०५१३४३२४ मा सम्र्पक गरी या कुनै संघसंस्थाले सहयोग गर्न चाहेमा यो सम्पर्क नम्बर रहेको जानकारी गराउन चाहान्छु ।