विश्वकै दोस्रो अग्लो बञ्जिजम्पको सफल परिक्षण

729
views

गोपाल जिसी
पर्वत । द क्लिफ्स प्रा.लि.द्वारा निर्मित विश्वकै दोस्रो अग्लो बञ्जिजम्पको सफल परिक्षण गरिएको छ । कुश्माको चाक्ले डिल र बाग्लुङ्ग बलेवाको नेपानेमा जोडिएको दुईसय २८ मिटर अग्लो र पाँचसय २५ मिटर लम्बाईको बञ्जिबाट प्रालिका अध्यक्ष राजु कार्कीले पहिलो पटक सफल बञ्जिजम्प गरेका हुन् ।

पटक पटक ड्रम परिक्षण गरिएपछि माघ १६ गते स्वयं अध्यक्षले साहसिक बञ्जिजम्प गरेर देखाउनुभएको हो प्रा.लिका निर्देशक नेत्र पराजुलीले भने ‘यसको औपचारिक उद्घाटन बैशाख १ गते नयाँ बर्षलाई बनाइएको छ ।’

प्रा. लि. का अध्यक्ष राजु कार्की, सञ्चालक निर्देशकद्वय फ्लोरिन्स् कार्की, नेत्र पराजुली सञ्चालक युवराज जोशी लगायतको पहलमा अनुमानित २० करोड लगानीमा निर्मित बञ्जिजम्प, साईक्लिङ, स्विङ, रिर्सोटको एकै साथ उद्घाटन गरिेने पराजुलीले जानकारी दिए ।

बञ्जिजम्पपछि प्रतिक्रिया दिदैं अध्यक्ष राजु कार्कीले आफुले नेपाल, स्विजरल्याण्ड लगायतका देशमा पाँचहजार भन्दा बढी बञ्जिजम्प गरेको भएपनि अग्लो स्थानबाट पहिलोपटक बञ्जिजम्प गरेको बताए । उनले पहिलोपटकमै सोचेभन्दा बढी रमाईलो भएको अनुभव सुनाए ।