पर्वत महोत्सवको नवौंदिन आज गलबन्दी च्यातिदैँ

735
views

पर्वत । पर्वत उद्योग बाणिज्य संघले समग्र पर्वतको आर्थिक र पर्यटकीय विकासका लागि आयोजना गरेको महोत्सव भव्य र सभ्य बन्दै गएको छ । महोत्सवको नवौं दिन आज पनि रत्यौली, भजन र विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता जारी रहने छ भने पालिका स्तरीय भलिवल प्रतियोगितामा तीन वटा खेल हुँदै छन् ।

भलिवल प्रतियोगितामा आज कुश्मा नगरपालिका र जलजला गाउँपालिका बिच रोमाञ्चक प्रतिस्पर्धा हुनेछ भने पैयु गाउँपालिका र आयोजक उद्योग बाणिज्य सघ बिच खेलहुने छ भने अर्को प्रतिस्पर्धा कुश्मा नगरपालिका र फलेबास नगरपालिका बिच हुनेछन् ।