दुवै मृर्गौलापीडित कुसुमको उपचारका लागि नवदृष्टि डटकम आर्थिक संकलनमा

5837
views

पर्वत, १७, माघ । मोदी गाउँपालिका वडा नं ४ साविक पर्वत क्याङ गाविस वडा नं ९ की कुसुम पुन मगरका दुवै मृर्गौला फेल भइसकेका छन । कलिलो उमेरमै मृर्गौला फेल भएपछि उनको उपचार कसरी गर्ने भनेर परिवार निकै चिन्तत बनिरहेको छ ।

कुसुमलाई बाँच्ने चाहाना भएर पनि आर्थिक संकट परेको छ । उनका लागि मृर्गौला मिल्यो भने श्रीमान भिम बहादुर पुन मगरले मृर्गौला दिने भएका छन ।

उनको उपचारका लागि स्वदेश तथा विदेशमा रहनुभएका महानुभावहरुसँग आर्थिक सहयोगको अपेक्षा गरिएको छ । आर्थिक सहयोग संकलनका लागि नवदृष्टि न्यूज प्रा.लि.द्वारा सञ्चालित नवदृष्टि डटकम र स्वयं परिवारले आर्थिक संकलन गरिरहेको छ ।

छोरी कुसुम पुन मगरको उपचारका लागि आर्थिक सहयोग गरिदिन उनकी आमा हरिमाया पुर्जा पुनले सबैसँग आग्रह गरेकी छिन् ।

स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरुले आर्थिक सहयोग गर्न चाहेमा नवदृष्टि डटकम वा स्वयं पीडित परिवारलाई आर्थिक सहयोग गर्न सक्नुहुनेछ ।