दुर्घटनाका घाईते परियारको उपचारका लागि चितवन सेवा समाज इजरायलको आर्थिक सहयोग

349
views

अनिरुद्र सुवेदी
इजरायल । चितवन सेवा समाज इजरायलले चितवन माडी नगरपालिका–७ का अति बिपन्न परिवार कृष्ण बहादुर परियारको उपचारका लागि एकलाख एकहजार एकसय एघार रुपयाँ आर्थिक सहयोग गरेको छ्र । तिन महिना देखि भरतपुर मेडीकल कलेजमा उपचार गराईरहेका परियारलाई चितवन सेवा समाज इजरायलले आफ्नो चौथो बर्षे कार्यकालको स्थापनाको अवसरमा आर्थिक सहयोग गरेको थियो ।
परियार दुर्घटनामा परी गम्भिर घाईते भएको र तीन महिनादेखी उपचाररत छन् । विपन्न परिवारका कृष्णा परियारलाई उक्त रकम अस्पताल प्राङ्गणमा चितवन यातायात व्यवस्थापन नगर प्रहरी प्रमुख सन्तोष पन्त, चितवन युवा समुह तथा अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्ति प्रसाद अधिकारी तथा दित्तिय उपाध्यक्ष मनोज अर्याल, सह–कोषाध्यक्ष सिता ढकाल, चितवन सेवा समाज इजरायलका महासचिव चिरञ्जीवि मिश्र, चितवन समाज इजरायलका संस्थापक सदस्य ऋषि चापागाई र अन्जु सुवेदी, पत्रकार नारायण ढुंगाना लगायतको सहभागितामा हस्तानान्तरण गरिएको थियो ।
उपचारका लागि रकम हस्तानान्तरण कार्यक्रममा पीडितका परिवार र बिभिन्न क्षेत्रका समाज सेविको समेत उपस्थिति रहेको ईजरायलबाट नवदृष्टि डटकमका संवाददाता अनिरुद्र सुवेदीले जानकारी दिएका छन् ।
‘सेबा नै धर्म हो’ भन्ने मूल ध्येका साथ गठित चितवन सेबा समाज इजरायलले उक्त माहान कार्यमा आर्थिक सहयोग पु¥याउने चितवनसेबा समाज इजरायलका सम्पुर्ण टीम लगायत इजरायलबाट यस पुण्य कार्यमा आर्थिक सहयोग गर्ने सम्पुर्ण समाजसेवीहरुलाई हार्दिक आभार प्रकट गरेको छ ।