ए डिभिजन लिग अन्तर्गत दशौं चरणका खेल आज

1008
views

काठमाडौं, २१, माघ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दशौँ चरणको अन्तिम खेल हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे हुने खेलमा न्युरोड टिम एनआरटी र फ्रेन्ड्स क्लब भिड्दैछन् ।

एनआरटी आजको खेलमा जित निकाल्दै चौथो स्थानमा उक्लिने लक्ष्यका साथ मैदान प्रवेश गर्नेछ। फ्रेन्ड्स क्लब पनि स्थान सुधार गर्ने दाउमा हुनेछ ।

फ्रेन्ड्स ९ खेलमध्ये ३ मा जित र दुई बराबरीका साथ ११ अंक बनाउँदै दशैं स्थानमा छ । सातौँ स्थानमा रहेको एनआरटीले समान ९ खेलमध्ये ५ मा जित र दुई बराबरी खेलेर १५ अंक बनाएको छ ।

गत सालको रेलिगेशनको कारबाही स्वरुप एनआरटीको १ अंक कटौती गरिएको हो । १० औं चरणका खेलहरु सकिन लाग्दा विभागीय टोली त्रिभुवन आर्मी २३ अंकसहित शीर्ष स्थानमा छ भने मच्छिन्द्र २२ अंकसहित दोस्रो स्थानमा छ । साविक विजेता मनाङ १९ अंकसहित तेस्रो स्थानमा छ ।