बच्चाको डर भगाउने भर्चूअल रियालिटी हेडसेट

2244
views

बच्चाको डर कम गर्नका निम्ति अस्पतालमा भर्चूअल रियालिटी हेडसेटको व्यवस्था गरिएको छ ।

अस्पतालमा उपचार गर्न जाँदा डराउने बच्चाको कानमा यो हेडसेट लगाइन्छ ।

उपचार अघि हेडसेट लगाएर सात मिनेटको फिल्म देखाइन्छ । यसमा भर्चुअल संसारमा बिरामीको उपचार गर्ने चिकित्सक खरायोको फिल्म देखाइन्छ ।

हेडसेट प्रयोग गर्नुको मुख्य उद्धेश्य बच्चामा चिकित्सा प्रक्रियाको सरलता देखाउँदै अस्पतालको चिन्ता कम गर्नु हो । यो हेडसेट दुबईको सबैभन्दा लामो अरब स्वास्थ्य प्रदशर्नीमा पेश गरिएको हो ।

बच्चाको मनमा अस्पतालप्रति भयकंर डर बसेको हुन्छ । प्राय बच्चा अस्पताल जान मान्दैनन् । अस्पतालका औषधि र सुईसँग तर्सिन्छन् ।

यस्तो अवस्थामा चिकित्स उपचार गर्न गाह्रो भएको बताउँछन् । तर यो हेडसेटले नर्सहरुलाई रगत निकाल्न र सुई लगाउन सहज भएको छ ।

बच्चाको लागि सबैभन्दा बढी तनाव र डर कुन अवस्थामा हुन्छ र कुन प्रक्रियाले उक्त तनाव कम गर्छ भन्ने विषयमा लस एन्जल्स चिल्ड्रेन अस्पतालमा छलफल गरिएको थियो । चिकित्सकले बच्चाको डर कार्टुनले कम गराउने निष्कर्ष निकालेका थिए ।

यसअघि सुत्केरी व्यथा कम गर्नका निम्ति महिलाहरुका लागि भर्चुअल रियालिटी उपकरणको परीक्षण गरिएको थियो । लस एन्जेल्स, सिर्डस सिनाई अस्पतालमा गरिएको सर्वेक्षणमा ५७ प्रतिशत महिलाले व्यथाको दुखाइ महसुस नभएको बताएका थिए ।