सुर्खेतमा बोलेरो जीप दुर्घटना एकको मृत्यु,१४ घाइते

823
views

माघ २१,सुर्खेत । सुर्खेतको बिरेन्द्रनगरनगरपालिका वडा नं १४ र बराहताल गाउँपालिकाको सिमाना नजिकै बोलेरो जिप दुर्घटना भएको छ । 

स्थानीय खाराबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको कर्णाली प्रदेश १५(००१(ज(००१५ नम्बरको बोलेरो जीप वीरेन्द्रनगर(१४ फेदखोलामा दुर्घटना भई सडकबाट करिब १५ मिटर तल खसेको प्रहरीले जनाएको छ।  दुर्घटनामा परि एकको मृत्यु र १४ जना घाइते भएको जिल्ला ट्राफिक कार्यलय सुर्खेतले जनाएको छ ।

दुर्घटनामा परि मृत्यु हुनेमा बराहताल गाउँपालिका वडा नं -७ का ७४ वर्षिय दशरथ शाहीको रहेको भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय सुर्खेतका प्रमुख उदयसिंह सिजापतिले बताए ।

दुर्घटनामा परि घाइते हुनेहरुमा एलिसा सुनार,पुर्णिमा सुनार,तेजेन्द्र रोकाया,तुल बहादुर सुनार,करिस्मा सुनार,कल्पना ठाकुर,मोहनसिंह पुलामी,रेविका सुनार,सिर्जना थापा,गौरी शाही,टोपेन्द्र मगर,सुन्नु सुनार, र अमृता सुनार रहेका छन् ।

जिल्ला ट्राफिक कार्यलय सुर्खेतका प्रमुख सिजापतिका अनुसार घाइतेहरुको हहिले देउती नर्सिङ होम र माया नर्सिङ होममा उपचार भइरहेको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले जनाएको छ।