सामुदायिक वनमा अवैध रुपमा काटिएका सालका गोलियाबारे छानबिन प्रकृया अगाडी बढ्यो

786
views

 कञ्चनपुर २३,माघ ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं १ मा रहेको जनजागृति सामुदायिक वनमा अवैध रुपमा काटिएका सालका गोलियाबारे छानबिन प्रकृया अगाडी बढाईएको छ।

सामुदायिक वनका पदाधिकारीहरुकै मिलोमतोमा काठ काटिएको उपभोक्ताको गुनासोको आधारमा शुक्लाफाँटा सव(डिभिजन वन कार्यालय झलारीले छानबिन प्रकृया अगाडी बढाएको हो।

सव(डिभिजन वन कार्यालयका वन अधिकृत गणेश ठगुन्नाले सामुायिक वनका कागजात नियन्त्रणमा लिई छानबिन प्रकृया अगाडी बढाईएको बताए। उनका अनुसार बरामद एक सय क्युविक फुट काठ सव(डिभिजन वन कार्यालय बाणीमा राखिएको छ।

सामुदायिक वनका पदाधिकारीहरुले गोलीया र चिरान गरेको एक सय क्युविक फुट काठ माघ १० गते सामुदायिक वन भित्र बेवारिसे अबस्थामा बरामद गरेको बताएका थिए।

बरामद काठको मुचुल्का तयार गरी सामुदायिक वनका लागि निर्माणाधीन चारकोठे भवनका लागि प्रयोग गर्ने निर्णय गरिएको सामुदायिक वनका अध्यक्ष रुकेश बिष्टले बताए।