कोपा डेल रेमा बार्सिलोना र रियल मड्रिड क्वार्टरफाइनलबाटै बाहिरिए

634
views

२४,  माघ २०७६ ।

कोपा डेल रेमा बार्सिलोना र रियल मड्रिड क्वार्टरफाइनलबाटै बाहिरिएका छन्। बिहीबार राति भएको खेलमा बार्सिलोना एथ्लेटिक बिलबाओसँग पराजित भयो भने रियल मड्रिडलाई रियल सोसिडाडले पराजित गर्‍यो।

एथ्लेटिक क्लबको मैदानमा भएको खेलको इन्ज्युरी समयमा सर्जियो बुस्केटले आत्मघाती गोल गरेपछि बार्सिलोनाको लगातार सातौँ पटक फाइनल पुग्ने सपना क्वार्टर–फाइनलमा नै रोकिन पुग्यो ।

रियल मड्रिड पनि रियल सोसियडाडसँग चार–तीन गोल अन्तरले स्तब्ध भयो। सन् २०१० पछि बार्सिलोना र रियल मड्रिडबिना पहिलो पटक ‘कोपा डेल रे’ को फाइनल हुनेछ।

यसअघि दोस्रो डिभिजनको मिरान्डेसले ला लिगा क्लब भिल्लारियललाई चार–दुई गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनायो भने ग्रानाडाले भ्यालेन्सियालाई दुई–एकले पराजित गर्‍यो।