अभिनेत्री मलाइका अरोडा र अर्जुन कपुरको सम्बन्धको विषयमा फेरी यो जोडी चर्चामा

983
views

एजेन्सी २४ माघ  ।
बलिउड अभिनेत्री मलाइका अरोडा र अर्जुन कपुरको सम्बन्धको विषयलाई एकपटक फेरि यो जोडी चर्चामा आएको छ। उमेरअन्तरले पनि प्रेमसम्बन्धको बारेमा समाचार बाहिरिएसँगै उनीहरू चर्चामा छन्। 

मंगलबार मध्यरातमा अरमान जैन र अनिशा मल्होत्राको विवाहको ककटेल पार्टीमा सहभागी हुन गएको यो जोडीको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ।

सो तस्बिरमा मलाइका रातो सारीमा निकै हट लुक्समा देखिएकी छन्। अर्जुन कपुरले हरियो रङको शेरवानी लगाएका छन्। उनी भेन्युमा पुग्नेबित्तिकै मलाइकालाई पर्खिरहन्छन्। मलाइका भेन्युमा पुगेपछि दुवैले फोटो सुट गराएका छन्।

यसका साथै सामाजिक सञ्जालमा अर्को भिडियो भाइरल भएको छ। सो भिडियोमा मलाइका व्यवसायी मुकेश अम्बानी र उनकी पत्नी नीतासँग भेट गर्न जब अघि अगाडि बढ्छिन्, तब उनको पछिपछि अर्जुन कपुर छिटोछिटो हिँडेर गएको देखिन्छ।

बोल्ड लुक्सका कारण सुन्दर जोडीको रूपमा चर्चित यो जोडी ‘टक अफ दी टाउन’ बनेका छन्।