एम सी सी परियोजना नेपालमा लागु भए नेपालको संविधान खोलामा बगाइदिए हुन्छ :- शर्मा

1606
views

सुर्खेत २५,माघ ।नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य चक्रपाणी शर्मा(सिपी)ले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना नेपालमा भित्रयाउन खोज्दै छ यो एमसी सी परियोजना नेपालमा लागु भएमा नेपालको संविधान खोलामा बगाइदिए हुने बताए ।

शर्माले भने अहिले एउटा जसरि मुसालाइ जालभित्र थुन्न प¥यो भने चारो हाल्ने चलन छ, यो एम सी सी परियोजनामार्फत पचास करोड मार्फत  नेपाललाई अमेरिकि सुरक्षा खाताभित्र हाल्नलाई चारो रहेको बताए ।

एमसीसी सदनबाट पारित भए मुलुक अमेरिकी शैन्य अड्डा भन्ने भएकोले भोली हाम्रो हालत पनि सिरिया र अफगानस्तान जस्तै बन्ने भएकोले यसको खारेजीका लागि सम्पूर्ण देशभक्त जनसमुदायहरूलाई उक्त एमसीसी सम्झौताको विरुद्ध सङ्घर्षमा उत्रिन आह्वान शर्माले गरे ।

अहिले भारतले कालापानि लिपुलेख लिम्यिाधुरासमेत आफनो नक्सामा समेटेर भारतिय नक्सा सार्वजनिक गरेको तिन महिना भइसक्दा पनि नेपाल सरकारका गतिविधि हेर्दा सुन्य रहेको र दरो खुटटा टेटेर सार्वभौमिकता रााष्ट्रिय स्वाधिनताको पक्षमा सरकार उभिन नसकेको जिकिर गरे ।

उनले भने राष्ट्रिय अखण्डता बचाउने सवालमा राष्ट्रियताको पक्षमा आफुहरु सरकारलाई साथ दिन तयार रहेको बताए । इरानि जर्नल सुलेमानिको इराकमा गरेको हत्यालाई औल्याउदै सरकारका पवक्ता बास्कोटाले सुलेमानि बनाइदिन्छ उनिहरुको विरुद्ध बोलेपछि भनेको कातर अभिव्याक्ति प्रर्ति आफुहरुको गम्भिर आपति रहेको शर्माले बताए ।

अर्का राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्माले नेपालमा अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन ९एमसीसी० लागू भए नेपालको संविधान नै निस्क्रिय हुने चेतावनी दिएकाछन् । सुर्खेतमा क्रियाशील विभिन्न ९ राजनीतिक दलले शुक्रबार सुर्खेतमा आयोजना गरेको एमसीसी र सीमा अतिक्रमण विरुद्ध बोल्दै महासचिव शर्माले एमसीसी नेपालका लागि अभिषाप हुने बताए ।

त्यस्तै नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य रामसिंह श्रीसले नेकपाको सरकारले एमसीसी परियोजना संसद्बाट अनुमोदन गराएको खण्डमा आफूहरू कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।

अहिलेको (एम सी सी)‘आयोजना नेपाल र नेपालीको हितमा छैन । त्यसमा भएका राष्ट्रघाती प्रावधान हामी कसैलाई पनि स्वीकार्य छैन,’ उनले भने, ‘यदि यो पारित भएको खण्डमा हामी आन्दोलनमा जान बाध्य हुनेछौं ।’

देशभक्त जनगणतान्त्रिक मोर्चाका कर्णाली प्रदेश संयोजक दिपकबहादुर शाहीले सरकारले लिपुलेक, लिम्पियाधुरा सहितको नक्सा तत्काल सार्वजनिक गर्नुपर्ने माग गरे । ‘हामी हाम्रो भूमि कसैबाट लुटिन दिदैंनौं,’ उनले भने, ‘लिपुलेक र लिम्पियाधुरासहित भारतले जारी गरेको नक्साबाट हटाइ नेपालको नक्सामा तत्काल समेट्न सरकार तयार होस् ।

  एम सी सी परियोजना खारेज नभएमा, भारतले जारी गरेको नक्साबाट हटाइ नेपालको नक्सामा तत्काल समेट्न सरकार तयार नभएमा आफुहरु कडा आन्दोलन गर्ने चेतावनि दिए ।

बिरोध सभालाई राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्मा ,नेकपा (माओवादी केन्द्र)का पीवीएम नरेश शाही, नेकपा (माले) का केन्द्रीय सदस्य बलबहादुर गिरी, राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेशका अध्यक्ष भरत बहादुर शाही, नेकपा (मसाल) का सुर्खेत जिल्ला प्रवक्ता मोहन थापालगायत नेताहरुले सम्बोधन गरेका थिए ।
मंगलगढि चोकबाट सुरूभएको जुलुस पिपलचौतारीमा पुगेर बिरोध सभामा परिणत भएको थियो । 
सभाको अध्यक्षता नेकपा (क्रान्तिकारी माओवादी) का कर्णाली प्रदेश संयोजक दिपक बहादुर शाही रहेको थियो ।  

शुक्रबार नेकपा (मसाल) सहित नौ दलले एमसीसी र सीमा अतिक्रमण विरुद्ध सातवटै प्रदेशमा जनप्रदर्शन तथा विरोध सभा गरेका छन् ।