ह्वावेको नयाँ स्मार्टफोन वाई सिक्स एस अब नेपालमा

888
views

काठमाडौँ २५,माघ । ह्वावेले आफ्नो लोकप्रिय वाई सिरिजअन्तर्गत नयाँ स्मार्टफोनमा ह्वावे वाई एस सार्वजनिक गरेको छ ।

वाई सिरिजअन्तर्गतका अघिल्ला स्मार्टफोनहरूजस्तै वाई सिक्स एस सुलभ दाममा खरिद गर्न सकिने, सर्वोत्कृष्ट गेमिङ तथा फोटोग्राफी विशेषता र विशिष्ट अडियो तथा भिडियो विशषेताहरू रहेका छन् ।

वाई सिक्स एस कालो र नीलोमा दुई वटा रंगहरूमा बजारमा उपलब्ध छ । ह्वावे वाई सिक्स एसमा तीन जीबी मेमोरी, ६४ जीबी स्टोरेज क्षमता र पाँच सय १२ जीबीको मेमोरी कार्ड राख्न मिल्ने सुविधा उक्त फोनमा रहेको छ । ह्वावे वाई सिक्स एसमा हार्डवेयर तथा सफ्टवेयरको सर्वोत्कृष्ट समायोजन रहेको छ ।

यसमा बिस्तारित २।३ जीएचजेड लार्ज कोरहरूसहितको नयाँ अक्टा–कोर प्रोसेसर र इन्टेलिजेन्ट ईएमयूआई ९.१ सिस्टममा संचालन हुन्छ । ब्याकग्राउन्डमा चल्ने सिस्टम क्यासलाई स्वतः हटाउँछ ।

जब स्मार्टफोनको स्टोरेज ३० प्रतिशतभन्दा तल झर्छ तब सिस्टमले आफैँ प्रयोगकर्तालाई अनावश्यक फाइलहरू हटाउन रिमाइन्ड गर्दछ । ईएमयूआई ९।१ ले सजिलै चलाउनका लागि नेभिगेशन जेस्चरहरूको पनि सुविधा प्रदान गर्दछ ।

ह्वावे वाई सिक्स एसमा भएको १३ एमपी रियर क्यामराले हाई रेजलुसनसहितको एकदमै स्पष्ट फोटो खिच्ने गर्दछ। वाई सिक्स एसको १५६० ह ७२० रेजलुशनसहितको ६.०९ ईन्चको एचडी डिस्प्ले रहेको छ । यसमा रहेको फ्रन्ट क्यामरा, एम्बियन्ट लाईट सेन्सर, सुपरस्लीम रिसिभरसबै सानो आकारको नोचमा रहेको छ ।

वाई सिक्स एसमा उत्कृष्ट भ्यूइङ्ग अनुभव प्रदान गर्दछ । वाई सिक्स एसमा आँखाका लागि सहज हुने विशेषता आई कम्फर्ट मोड रहेको छ र यसको लो ब्लु लाईटका लागि टियूभी रेइनल्यान्डबाट प्रमाणित भएको छ। यसले घातक ब्लु लाईटलाई फिल्टर गर्दछ । ह्वावे वाई सिक्स एसमा तीन हजार २० एमएएच ब्याट्री जडान गरिएको छ ।

जस्ले यसमा भएको एआई पावर सेभिङ टेक्नोलोजीले ब्याट्री लाईफलाई टिकाउ बनाउँछ । यस स्मार्टफोनमा भएको फेस अनलकिङ र फिङ्गर प्रिन्ट सुविधाले प्रयोगकर्ताको सूचनालाई रक्षा गर्दछ ।

फेस लकले इन्टेलिजेन्ट रुपमा लो–लाइट अवस्थामा सजिलै प्रयोगकर्ताको अनुहार पहिचान गर्दछ । तीन जिबीं ६४ जिबीयुक्त ह्वावे वाई सिक्स एसको बजार मूल्य रुपैयाँ १४ हजार नौं सय ९० तोकिएको छ र यो नेपाल भर उपलब्ध छ ।