प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवाली

423
views

काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा ठाकुर ज्ञवालीलाई बढुवा गरेको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई २७ औं आईजीपी नियुक्त गरेको हो । कार्यसम्पादन मूल्यांकन र जेष्ठताका आधारमा ज्ञवालीलाई आईजीपी नियुक्त गरेको हो ।

ज्ञवाली २०४७ असार २५ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका अधिकृत हुन् । आईजीपी ज्ञवालीले आगामी असार २४ गते सेवाहदका कारण अवकाश पाउनेछन् ।

आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उनका ब्याचका डीआईजीहरुले सेवाहदका कारण मंगलबार अवकाश पाएका थिए ।