तरकारी खेतीबाट वार्षिक रु छ लाख देखी सात लाखसम्म आम्दानी

1308
views

दैलेख, २८, माघ । दैलेखको ठाटीकाँध गाउँपालिकाका लिला थापा पछिल्लो समय तरकारी व्यवसायबाट मनग्य आम्दानी गर्दै गएका छन् । ठाटीकाँध गाउँपालिका वडा छ पाँचला स्थित भडाचौर उनको घर, अनि घर नजिकको बारि नै उनका लागि अमेरिका, अष्ट्रेलिया , बनेको छ । थापाले गाउँमै तरकारी उत्पादन गरेर बेच्न थालेको छ वर्ष भयो उनि अहिले तरकारीबाट नै मनग्य आम्दानि गदै गएका छन् । तरकारीबाट नै वार्षिक पाँचलाख देखि छ लाख रुपैयाँसम्म आम्दानि गर्ने गरेको उनले बताए । 

२०७१ सालबाट तरकारी व्यवसाय गर्दै आउनुभएका थापा पछिल्लो समय तरकारी खेतिमा जमेसँङसङगै बाख्रापालन ब्याबसायमा पनि उत्तिकै जम्दै गएका छन् । विहानको समयमा तरकारिलाई सुम्सुम्याउछन त दिउँसोको समयमा बाख्रापालनतिर बाख्रासँगै रमाउदै दैनिक प्रयोगमा आउने बाँस निगालाको चोयाको डोका, डाला, भारी, भकारी बनाउँछन् ।

तरकारी खेति मात्रै होइन बाख्रापालन, र फलफुलखेति पनि एकसाथ गरेका छन् । करिब बाह्र पाथि जग्गामा काउलि बन्दा आलु फलाएका छन् । आलु पहिले नै दुई क्विन्टल बजारमा विक्रि गरिसकिएको र फेरि पनि करिब तिस बोरा जति आलु हुने उनले बताए ।

त्यस्तै काउली पनि बजार लिन योग्य भएको केहि दिनमा बजार लिने उनले बताए । यो पाँच महिनामा बन्दाबाट दुईलाख र काउलीबाट साढे तिनलाख आम्दानी भएको उनले बताए ।सिजन र बेसिजनमासमेत तरकारी उत्पादन गर्ने थापाले शुद्ध र अर्गानिक तरकारी उत्पादन गर्छन् । बारीमा फलेको तरकारीका कारणले लामोसमयसम्म टिकेको उनको भनाई छ ।

थापा एक उदाहरणमात्र हुन । ठाँटिकाँध गाउपालिकामा थापाको देखासिकि गरेर अहिले गाउँपालिकाको विभिन्न वडाहरुमा यस्तै तरकारि व्यवसाय गर्ने पर्तिनिधि पात्र थुप्रै रहेका छन् ।

मानिसहरु अहिले छिटो र सस्तोका लागि तरकारिजन्य बस्तुमा पनि किटनासक औषधि प्रयोग गर्छन् । औषधिले मानिसको शरिरमा कति असर गर्छ भन्ने खासै चासो राख्दैनन् । तर थापाले उपभोक्ताको हितमा हुनेगरि उत्पादन गर्दै आएको बताए । उनि भन्छन विदेशमा गर्ने दुःख स्देशमै गरे सुन फलाउन सकिन्छ