प्रधानमन्त्री देउवा सहित आठ मन्त्रीले सपथ लिए

655
views

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहित आठ मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिनु भएको छ।
बुधबार दिउँसो शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री देउवासहित आठ मन्त्रीलाई राष्ट्रपति भण्डारीले सपथ ग्रहण गराउनु भएको हो।
देउवा नेतृत्वको सरकारमा पहिलो चरणमा विजयकुमार गच्छदार ९उपप्रधान, संघीय मामिला तथा स्थानीय विकास० कृष्णबहादुर महरा ९उपप्रधान तथा परराष्ट्र०, गोपालमान श्रेष्ठ ९उपप्रधान तथा शिक्षा०, ज्ञानेन्द्रबहादुर कार्की ९अर्थ०, फरमुल्ला मन्सुर ९श्रम तथा रोजगार०, जनार्दन शर्मा ९गृह० र प्रभु शाहले ९विना विभागीय मन्त्री०को रुपमा पद तथा गोपनीयताको सपथ लिनु भएको हो।
सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्तीमगर, कायमुकायम प्रधानन्यायाधीश गोपाल पराजुली, पूर्वप्रधानमन्त्री, कुटनीतिक नियोगका प्रतिनिधिलगायत उच्च पदस्थ व्यक्तित्वको उपस्थिति रहेको थियो।