शहिदको सपना पुरा गर्छौं– युवा नेता अधिकारी

1538
views

पोखरा, १, फाल्गुण । नेकपा (क्रान्तिकारी माओवादी) का युवा नेता नारायण अधिकारी ‘निश्च्छल’ ले जनयुद्वको बाँकी कार्यभार र शहिदले छाडेका अधुरा सपनाहरु पुरा गरिछाड्ने बताएका छन् ।

सोही विद्यालयबाट प्लस दई पास गरी गएका विद्यार्थीहरुद्वारा गठित श्री शहिद स्मृति माध्यमिक विद्यालय पोखरा १४ को भु.पु. विद्यार्थी मञ्चले आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै नेता अधिकारीले यस्तो बताएका हुन ।

अधिकारीले सामाजिक क्रान्तिको प्रक्रिया सिधा नभएको बताउँदै क्रान्ति र प्रतिक्रान्तिका अनेकौं चक्रहरु पार गर्दै नेकपा (क्रान्तिकारी माओवादी) अगाडी बढेको बताए ।

उनले नेतृत्वका कारण नयाँ जनवादी क्रान्तिले धक्का खाएको भन्दै नेपालमा जनवादी क्रान्तिको प्रक्रिया समाप्त नभएको दाबी गरे ।

अधिकारीले नेपाली तथा विश्व सर्वहारा क्रान्तिका सकारात्मक तथा नकारात्मक अनुभवहरुबाट पाठ सिक्दै र माक्र्सवाद–लेनिनवाद–माओवादलाई नेपाली विशेषतामा सिर्जनात्मक ढङ्गले लागू गर्दे नेपाली नयाँ जनवादी क्रान्तिको तयारीमा पार्टी जुटिरहेकोले शहिदले छाडेका सपनाको बाँकी कार्यभार पुरा गरिछाड्ने प्रतिवद्धता जनाए ।

उक्त विद्यालयमा राज्यपक्षबाट हत्या गरिएका १६ जिल्लाका शहिद परिवारका ३०० भन्दा बढी बालबच्चाले अध्ययन गर्दै आएका छन । उक्त विद्यालयका विद्यार्थीलार्य आज २५ औं जनयुद्व दिवसको अवसरमा शैक्षिक सामाग्री एवं प्रमाण–पत्र समेत वितरण गरिएको थियो । सो प्रमाण पत्रमा प्रमुख अतिथि अधिकारीले हस्ताक्षर गर्दै महान शहिदहरुप्रति श्रद्धा व्यक्त गरेका थिए ।

श्री सहिद स्मृति भु.पु.विद्यार्थी मञ्चका अध्यक्ष सुजन सापकोटाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पत्रकार राजेन्द्र अधिकारी, प्रेम सुनार, प्र.अ.मोना गिरी लगायतले शुभकामना व्यक्त गरेका थिए ।