क्रान्तिकारी माओवादीले सुर्खेतमा मनायो पच्चिसऔँ जनयुद्ध दिवस

903
views

सुर्खेत ०२,माघ । तत्कालिन नेकपा (माओवादी) नेतृत्वमा २०५२ साल फागुन १ गतेदेखि शुरू भएको १० बर्षे जनयुद्धको २५औं दिवस आज मनाइएको छ ।  जनयुद्ध सुरु भएको दिनलाई स्मरण गर्दै पूर्वमाओवादीबाट विभाजन भएका, जनयुद्धमा संलग्न नेता(कार्यकर्ता र शहीद परिवारले यो दिवस मनाउने गर्छन् ।  नेकपा क्रान्तिकारी (माओवादी)ले पनि बिहिवार सुर्खेतमा पच्चिस औँ जनयुद्ध दिवस मनाएको छ ।

कर्णाली प्रदेशको राजधानि सुर्खेतको विरेन्द्रनगरमा दिप प्रज्वलनसहित कोणसभा गरि भव्यरुपमा दिवस मनाएको छ । नेकपा क्रान्तिकारि माओवादिका पोलिट व्युरो सदस्य चक्रपाणी शर्मा (सी पि) ले द्धिप प्रज्वलन गरि उद्घाटन गरेका थिय ।

कोणसभालाइ सम्बोधन गदै पोलिटव्युरो सदस्य शर्माले ले यतिबेला २०५२ साल फाल्गुण १ गतेको जनयुद्ध सुरु गर्दा पार्टिले अघि सारेका प्रतिवद्धता पुरा गर्न बाकि नै रहेको बताए । उनले भने सहिद वेपत्ता तथा घाइतेहरुका सपना अहिले पनि अधुरै रहेका बताए । शर्माले भने हामी सहिदहरुका सपनाहरु पुरा गर्नका निम्ति आपुहरु अहिले पनि निरन्तरतामा रहेको बताए ।

जनयुद्ध कालको मुल नेतृत्व पर्तिक्रियावादमा पतन भइसकेपछि क.मोहन बैद्यको नेतृत्वमा अब सहिदहरुका अधुरा सपनाहरु पुरा गर्न लागि परेका छौ सधै लागि रहने छौ । सहिदहरुका अधुरा रहेका सपनाहरु पुरा गर्न क्रान्तिका बाकि कार्यवहाक पुरा गर्ने जिम्मेवारिसहित नेकपा (क्रान्तिकारि माओवादी) अघि बढेको बताए । अहिले देश एकदमै संकटमा र खतरामा रहेको र सम्पुर्ण देशलाई माया गर्ने देशप्रमीहरु एक हुनेवेला आएको नेता शर्माले बताए ।

उनले भने देशलाई प्रर्तिक्रियावादिहरुले सकाउने चलखेलमा लागिरहेकोबेला देशलाई माया गर्ने नेपाली सपुत हातेमालो गर्दै सम्पुर्ण एकजुट हुन आवश्यक भएको बताए ।

त्यस्तै सम्बोधन गर्ने वक्ताहरुमा कृष्ण गुरुङ, प्रकाश पौडेल, प्रदिप माकुने, विद्यार्थि नेता हिक्मत शाहि, लगायत नेताहरुले सम्बोधन गरेका थिय । कार्यक्रम सञ्चालन कर्ण विसीले गरेका थियो ।