सहिद स्मारक ए डिभिजन लीग फुटबलमा आज ३ वटा खेल हुँदै

823
views

काठमाडौं २, फागुन  । सहिद स्मारक ए डिभिजन लीग फुटबलमा आज पनि ३ वटा खेल हुँदैछन्।

अन्तिम चरणका खेल अन्तर्गत सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु भएको पहिलो खेलमा हिमालयन शेर्पा र न्युरोड टिम एनआरटी प्रतिस्पर्धामा उत्रिएका छन्। जारी लिगमा हिमालयन शेर्पा ११ अंकसहित ११ औँ स्थानमा छ भने एनआरटी १५ अंकसहित नबौँ स्थानमा छ।

सातदोबाटोमै दिउँसो सवा १२ बजे हुने दोस्रो खेलमा थ्री स्टार र च्यासल युथ क्लब भिड्दैछन्। थ्री स्टारले १२ औँ चरणका खेल सकिँदासम्म २३ अंक जोडेको छ। उ अंक तालिकाको चौथो स्थानमा रहेको छ। च्यासल १५ अंकसहित आठौँ स्थानमा छ।

आजको अन्तिम खेलमा साढे ३ बजे जावलाखेल युथ र मनाङ मस्र्याङ्दी भिड्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। जावालाखेल १९ अंकसहित छैटौँ स्थानमा छ भने मनाङ मस्र्याङ्दी २५ अंकसहित तेस्रो स्थानमा रहेको छ। यी दुई टोलीबीचको खेल पनि सातबोटोमै हुने भएको छ।