लागूऔषध सहित एकजना पक्राउ

695
views

नुवाकोट । नुवाकोट प्रहरीले लागु औषध सहित एकजनलाई पक्राउ गरेको छ । नुवाकोट बिदुर नगरपालिका वडा नं.७ तुप्चेका निराजन सापकोटाले माईक्रोबसमा लागु औषध सेवन गरी साथमा लिएर हिडेको सुचनाका आधारमा प्रहरीलेपक्राउ गरेको हो ।

सापकोटाको साथबाट १३ ट्याबलेट्स NITRAZEPAM, ७ ट्याबलेट्स DIEGELOMINE SPASMO र प्रयोग भईसकेको ट्याबलेट्स नभएको अबस्थामा रहेको NITRAZEPAM सहित पक्राउ गरी थप अनुसन्धान थालेको नुवाकोट प्रहरीले जनाएको छ । सापकोटालाई जिल्ला अदालत नुवाकोटबाट ३ दिनको म्याद थप गरि अनुसन्धान थालेको हो ।