वि.व्य.स. अध्यक्ष वैरागीले गरे जन्मदिनमा विधार्थीहरुलाई पोशाक वितरण

1113
views

निर्मल पौडेल
पर्वत, २, फागुन । यहाँको एउटा माध्यमिक विधालय व्यवस्थापन समितीका अध्यक्षले आफ्नो जन्मदिनमा विधालयका गरिव दलित तथा जेहन्दार विधार्थी हरुलाई स्कुल पोशाक वितरण गरेका छन् । कुस्मा नगरपालिका वार्ड नम्वर ९ कटुवाचौपारी स्थित सार्वजानिक माविका अध्यक्ष सरोज शर्मा वैरागीले आफ्नो ३५ औँ शुभ जन्मोत्सवको अवसरमा विधालयमा अध्ययनरत ५ जना विधार्थीहरु लाई स्कुल पोशाक प्रदान गरेका हुन् । विध्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी अध्ययनरत अन्जन श्रेष्ठ,अन्जना श्रेष्ठ, हृदम परियार, सुविना परियार र अनुरी वेगम लाई उक्त पोशाक वितरण गरिएको हो ।

पोशक वितरण गर्दै शिक्षा प्रेमी नेपाल कम्युनिष्ट पार्टी नेकपा कुस्मा नगर कमिटी अध्यक्ष शंकर गिरीले राज्यले शिक्षा नीतिमा सुधार ल्याउनुपर्ने भन्दै हुँदा खाने र हुनेखाने विचका वालवालिकाहरुले पाउने शिक्षामा एकरुपता नहुँदा सम्म शैक्षिक जगतमा दीर्घकालिन प्रभाव परिरहने वताए । वर्तमान समयमा विद्दमान सामुदायिक विधालय र निजी विधालय विचको खाडल लाई अन्त्य गर्नुपर्नेमा सरोकारवाला निकाय एकजुट हुनुपर्ने भन्दै सचेत र राज्यप्रति जिम्वेवार नागरिकले सामुदायिक विधालयमा नै आफ्ना वालवालिकाहरु लाई अध्ययन गराउन अनुरोध गरे ।यस्तै आफ्नो जन्मोत्सवमा गर्ने फजुल खर्र्च कटाएर विधालयका गरिव तथा विपन्न परिवारका वालवालिकाको पठनपाठनमा थोरै भएपनि सहज होला भन्ने हेतुले आँफुले पोशक वितरण गरेको वि.व्य.स अध्यक्ष वैरागीले वताए । सोही कार्यक्रममा विधालयका प्रध्यानध्यापक चन्द्रशेखर उपाध्यायले वैरागी लाई शुभ जन्मोत्सवको अवसरमा सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतीको शुभकामना दिँदै उनले गरेको सहयोग निकै सह्रानिय रहेको वताए ।

उपाध्यायले २ कार्यकाल विधालयको व्यवस्थापन समितीको अध्यक्ष जस्तो पदमा रहेर निरन्तर शैक्षिक तथा भौतिक गतिविधीमा अग्रसर वैरागी लाई सामाजिक कार्यमा सफलताको कामना समेत व्यक्त गरे । कार्यक्रममा कु.न.पा. वार्ड नम्वर ९ कटुवाचौपारीका अध्यक्ष कृष्ण प्रसाद लामिछाने, विधालय व्यवस्थापन समितीका पदाधिकारी, विधालयका असल शिक्षक नरनाथ सापकोटा लगागत अन्य शिक्षक शिक्षिका, विधार्थीहरु , प्रेस संगठन नेपाल पर्वत शाखाका उप संयोजक राजवावु पिसी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक केशव प्रसाद पंगालीले गरेका थिए ।

सामुदायिक जिल्लामा रहेका सामुदायिक विधालयहरुमा उच्च हैसियत वनाउन सफल यस विधालयमा हाल २ सय ५ जना विधार्थीहरुले अध्ययन गरिरहेका छन् । सदरमुकामका वोर्डिङ स्कुलहरुमा अध्ययन गरिरहेका विधार्थीहरु पनि विधालयको गुणस्तरियता देखेर १ दर्जन भन्दा वढी विधार्थीहरु सोही माविमा गएको विधालय स्रोतले वताएको छ ।