पूर्व राजा भारत जाँदै, दिल्ली यात्राको नयाँ रहस्य

1008
views

काठमाडौं, ४ फागुन । पूर्व राजा ज्ञानेन्द्र शाह दुईसाताका लागिभारत जान लागेका छन । पूर्वराजा साँझ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दिल्ली उड्न लागेका हुन् । शाहले दिल्लीमा महत्वपूर्ण भेटघाट गर्ने तय भएको उनी निकट स्रोतको भनाई छ ।

उनीसँग निकटस्थहरु समेत रहेका छन् । उनको दिल्ली भ्रमणलाई अर्थपूर्ण मानिएको छ । केही दिनअघिमात्र सिक्किमबाट स्वदेश फर्किएका पूर्वराजाको दिल्ली यात्राले नयाँ रहस्य जन्माएको छ ।

सिक्किममा रहँदा उनले भारतको सत्तारुढ दल नजिक रहेका केही व्यक्तिसँग पूर्व राजाको भेट भएको थियो ।