अन्तराष्ट्रिय कलाकारलाई स्वागत

1131
views

सीताराम थापा
बाग्लुङ । भ्रमण बर्ष २०२० को पावन अवसरमा विदेशी मुर्तिकार तथा कलाकारहरुलाई बागलुङ नगरीमा बागलुङको सरोकारवाला निकायले स्वागत गरेको छ । गल्कोट अन्तराष्ट्रिय मूर्तिकला कार्यशालामा सहभागी हुन आएका चर्चित १५ जना विदेशी र स्वदेशी कला तथा मूर्तिकारहरूलाई स्वागत गरिएको हो ।

बाह्यय आगन्तुक पाहुनालाई बागलुङको जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, बागलुङ नगरपालिका, जिल्ला प्रहरी कार्यालय, कालिका भगवती गुठी, पर्यटन विकास समिति, तथा बागलुङ कालिका भजन कीर्तन समूहले बाजागाजा र टीकाको साथ माला तथा खादाले भब्य स्वागत गरिएको थियो ।

उक्त समारोहमा मूर्तिकारहरूले कालिका मन्दिर जादै भजनकीर्तनमा सहभागी खुसका साथ हुँदै नाच गान गरेका थिए । नाचगान पछि कालिका भगवती मन्दिर परिसरको अवलोकन गरेका हुन । अवलोकन समेत विदेशी तथा नेपाली मूर्तिकारहरूलाई कालिका मल्टिप्यालेसको सभाहलमा आयोजित एक समारोहमा बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले स्वागत गर्दै बागलुङका कला, संस्कृति परम्परा तथा पर्यटकीय क्षेत्रहरूको बारेमा जानकारी गराएका थिए । साथै सहभागीहरूलाई कार्यशाला मार्फत आफ्नो काल कौशल प्रदर्शनीमा सफलताको शुभ कामना व्यक्त गरेका छन ।

बागलुङमा विदेशी तथा स्वदेशी आधुनिक मूर्तिकारहरूको आगमनले पर्यटन विकासमा पर्वर्धन हुने बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बताउछन । गल्कोट कला प्रतिष्ठानको संयोजनमा गल्कोटमा हुने कार्यशालाको फागुन ५ गते उद्घाटन हुने तथा २१ गते औपचारिक रूपमा समापन हुने कार्यक्रम रहेको जनाईएको छ। बागलुङ पर्यटन बिकास समिति पर्यटन बागलुङ जिल्लामा पर्यटन ल्याउन सबै क्षेत्रसंग समन्वय गरि लागिरहेको नागरिक अभियान्ताहरुको बुझाई छ ।

अन्तराष्ट्रिय बिदेसि जुनीचिरो सुगीमोतो (जापान), ल्यू याङ्ग (चीन), बिटिनो फ्रान्सेनी (इटाली), जिवियर गोञ्जालेज (फ्रान्स), लिन लि जेन (ताइवान), जुली ग्लास्पी (क्यानाडा), टुटु पटानायक (भारत), तान्या प्रिमेन्जर (इजरायल), जर्ज लुइज (ब्राजिल) र युक्रेनका मूर्तिकार ल्यूडमाइला माइस्को रहनु भएको छ। नेपालको ख्याथि प्राप्त कला (मूर्तिकार प्रविणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिठाकोटे जस्ता ख्याथि प्रापत कलाकारको आगमन रहेको छ ।