प्रहरीले जागिर छाड्न श्रीमती साक्षी राख्नैपर्ने

591
views

काठमाडौं, ५, फागुन । नेपाल प्रहरीले परिवार र श्रीमतीसँग सल्लाह नै नगरी राजीनामा दिँदा कतिपयको घरपरिवार नै अलपत्र पर्ने गरेको गुनासो आएपछि जागिर छाड्दा श्रीमतीलाई अनिवार्य साक्षि राख्नुपर्ने नियम लागू गरेको छ ।

पारिश्रमिकले खान नपुग्ने र वैदेशिक रोजगारीमा जाँदा राम्रो कमाई हुने भएपछि केही बर्षदेखि सुरक्षाअंगमा कार्यरत युवाहरुले धमाधम जागिर छाडिरहेका बेला प्रहरीले यस्तो नियम लागू गरेको हो ।

प्रहरीले बिचैमा जागिर छा्दा राज्यले उनीहरुलाई तालिम दिन र जागिरको बन्दोवस्ती मिलाउन गरेको खर्च अनुत्पादक देखिदै गएपछि राजीनामा दिनेक्रममा स्वीकृतिसहित स्वयं श्रीमतीलाई उपस्थित गराउनुपर्ने भएको छ ।

प्रहरी प्रधान कार्यालय, प्रहरी जवान र हवल्दारले सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा राजीनामा बुझाउनुपर्ने र त्यसरी राजीनामा दिँदा श्रीमतीलाई उपस्थित गराउनुपर्ने नियम लागु गरेको हो । राजीनामा दिएपछि अधिकांश प्रहरी कर्मचारीहरु वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

सुरक्षा क्षेत्रमा काम गरेको अनुभवका आधारमा उनीहरुले सेक्युरिटी गार्डमा राम्रो तलबसहित काम गर्ने गरेका छन् । आर्थिक बर्ष २०७४÷७५ मा २ हजार ५ सय ६४ र आर्थिक बर्ष २०७५र७६ मा ३ हजार ७३ जना प्रहरी कर्मचारीहरुले राजीनामा दिएका छन् । यो आर्थिक बर्ष अर्थात साउनयता पनि १ हजार ५ सय ९२ प्रहरीहरुले राजीनामा बुझाइसकेका छन् ।